Saturday, June 26, 2021

५ वटा बाइबल पदहरू जसले कोरोनाको संकष्टमा सबैलार्इ उर्जा दिन्छ | Mangal Bahadur Tamang

 




१.    हिब्रु १३:

येशू ख्रीष्‍ट हिजो, आज र सदासर्वदा एकसमान हुनुहुन्‍छ।

 

२.    २ कोरिन्थी ४ :१६-१८

यसकारण हामी हरेस खाँदैनौं। हाम्रो बाह्य मनुष्‍यत्‍व नाश हुँदैगए तापनि हाम्रो आत्‍मिक मनुष्‍यत्‍वचाहिँ दिनदिनै नयाँ हुँदैजान्‍छ। किनकि हाम्रो हलुको र क्षणभरको कष्‍टले हाम्रा निम्‍ति अतुलनीय तथा अनन्‍तको महान्‌ महिमा तयार गरिरहेछ। हामी दृश्‍य कुरालाई होइन, तर अदृश्‍य कुरालाई हेर्छौं, किनभने दृश्‍य कुरा क्षणिक हुन्‍छन्‌, तर अदृश्‍य कुराचाहिँ अनन्‍तसम्‍म रहन्‍छन्‌।

 

३.    ब्यवस्था ३१:

बलिया र साहसी होओ! यिनीहरूसित नडराओ र त्रासित नहोओ! किनभने परमप्रभु तिमीहरूका परमेश्‍वर नै तिमीहरूसँग जानुहुन्‍छ। उहाँले तिमीहरूलाई कहिल्‍यै छोड्‌नुहुनेछैन न त त्‍याग्‍नुहुनेछ।”

 

४.    यशैया ४३:१९

हेर, म एउटा नयाँ कुरो गर्दैछु! त्‍यो अब हुन आउँछ। के तिमीहरू त्‍यो देख्‍दैनौ? म मरुभूमिमा एउटा बाटो र रूखो जमिनमा खोलाहरू बनाउँदैछु।

 

५.    यर्मिया २९:११

किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्‍ति बनाएको छु, ती म जान्‍दछु,” परमप्रभु भन्‍नुहुन्‍छ। “ती तिमीहरूका उन्‍नतिको निम्‍ति हुन्‌, नोक्‍सानीको निम्‍ति होइनन्‌, तिमीहरूलाई आशा र भविष्‍य दिनलाई। 


हामीलार्इ कष्टमा सहायता आउने भनेको परमेश्वरको बचनबाट नै हो। यसकारण परमेश्वरको बचन पढौं र साहसी अनि बलियो हौँ।