Sunday, November 28, 2021

3 Reasons to Memorize Scripture। Mangal Bahadur Tamang


बाइबल कण्ठ किन गर्ने? ३ कारणहरू


तस्बिर: First Cry Parenting बाट साभार

    कोभिडको शुरूवाती समयतिर Nepal Evangelical Holiness Theological Seminary  बाट Bachelor of Theology गर्नुभएका केही बिध्यार्थीहरूले बाइबलका खण्डहरू कण्ठ गरेर facebook मा पोष्ट गरेको देखेको थिएँ। यो सारै राम्रो शुरूवात थियो। तर शायद त्यो अभ्यास केही समय पछि फेरी रोकियो। सामाजिक सञ्जालमा नै नदेखिए पनि यसको निरन्तरता भइरहोस् भन्ने मेरो इच्छा हो। शुभकामना !!!

मैले किन यसो भनिरहेको छु भन्दा खेरी, जति जति सेवाकाइमा भिज्दै गयो, उति उति बाइबल कण्ठ गर्नुको महत्व बुझेको अनुभव भइरहेको छ। हुन त लामो लामो खण्ड, लामो समयसम्म सम्झिनको लागी कण्ठ गर्नु गार्हो कुरा हो। 

मैले यसको बारेमा हेर्दे जाँदा खेरी Andy Naselli को लेख पढेको थिएँ। उनको पढाइ बब जोन्स बिश्वबिध्यालयबाट इश्वरशास्त्रमा पि. एच. डी. र ट्रिनिटी इभाञ्जलिकल डिभिनिटि स्कुलबाट नयाँ करारमा पि. एच. डि गर्नुभएको हो। उनले भने अनुसार, पावलले लेख्नुधएको पहिलो कोरन्थीको पत्र कण्ठ गर्नको लागी १६ महिना लाग्यो। हुन त उहाँले यस पत्रलाई एकदम भित्रेदखी बुझेर यसका सबै सेरोफेरो नै दिमागमा बसालेर गर्नुभएको भन्ने लाग्छ 

यति सम्म हामीले गर्न नसकेता पनि, हामीले हाम्रो हातमा भएका बाइबल के हो भन्ने बुझेर कण्ठ गर्नु चाहीँ एकदमै अशिषको कुरा हो। हामीले यो गर्नै पर्छ।

किन हामीले बाइबल कण्ठ पार्नु पर्छ र? यस बिषयमा Andy Anaselli ले बाँड्नुभएका उहाँका केही बिचारहरू हेर्दै जाँदा अझै महत्वपूर्ण कुराहरू बाँड्न मन लाग्यो। त्यसैले बाइबल पाठ गर्नुका ३ तीन महत्वपूर्ण कारणहरूला यहाँ राख्न चाहन्छु।

 

१. बाइबल चाहीँ परमेश्वरले दिनुभएको पुस्तक हो।

बाइबल परमेश्वरले मानव जातीला उसको जीवन जिउन सिकाउने पुस्तक हो। 

२ तिमोथी ३ को १५-१७ ले भन्दछ,  "तिमी बाल्‍यकालदेखि पवित्र-धर्मशास्‍त्रसँग परिचित छौ, जसले ख्रीष्‍ट येशूमा भएको विश्‍वासद्वारा मुक्तिको निम्‍ति तिमीलाई शिक्षा दिन सक्‍छ। सम्‍पूर्ण पवित्र-शास्‍त्र परमेश्‍वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्‍याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्‍छ, ताकि परमेश्‍वरको जन हरेक सुकर्ममा पूर्ण रूपले सुसज्‍जित भई सिध्द भएको होस्‌।" यो कुनै मानिसको मनमस्तष्कले मात्रै चाहेर लेखेको पुस्तक हैन। यो त परमप्रभुले नै दिनुभएको वचन हो। 

२ पत्रुस १ को २०-२१ ले भन्दछ, "सर्वप्रथम तिमीहरूले यो बुझ्‍नुपर्दछ, कि पवित्रधर्मशास्‍त्रको कुनै अगमवाणी व्‍यक्तिगत व्‍याख्‍याको विषय होइन। किनकि मानिसको इच्‍छाबाट कुनै अगमवाणी आएन, तर पवित्र आत्‍माबाट प्रेरणा पाएर मानिसहरूले परमेश्‍वरको तर्फबाट बोलेका हुन्‌।" यसकारण यदि परमेश्वर आफैले मानिसलाई उहाँको बचन दिनुभएको छ भने त किन हामी त्यसलाई हाम्रो मन-मस्तिष्क, दिल-दिमाग लगाएर कण्ठ नगर्ने त? 

 

२. बाइबलमा मुक्तिको ज्ञानहरू दिएको छ।

अघि नै हामीले देख्यौँ, परमेश्वर स्वयंले हामीलाई उहाँको वचन दिनुभएको छ। त्यो बचन दिनुको मुख्य उद्देश्य भनेको हामीलाई मुक्तिको ज्ञान दिनको लागी हो। 

२ तिमोथी ३ को १५ ले भन्दछ,  "तिमी बाल्‍यकालदेखि पवित्र-धर्मशास्‍त्रसँग परिचित छौ, जसले ख्रीष्‍ट येशूमा भएको विश्‍वासद्वारा मुक्तिको निम्‍ति तिमीलाई शिक्षा दिन सक्‍छ। बाइबलमा नै परमेश्वरले दिनुहुने मुक्तिको ज्ञान छ। त्यो मुक्ति हामीले उहाँमा विश्वास गरेर पाउँछो भन्ने सत्यता बाइबलमा नै पाउँछो। 

रोमी १ को १७ ले भन्दछ, "किनकि सुसमाचारमा परमेश्‍वरबाट आउने धार्मिकता प्रकट भएको छ, त्‍यो धार्मिकता जोचाहिँ सम्‍पूर्ण रूपले विश्‍वासद्वारा नै आउँछ। यस्‍तो लेखिएको छ, “धर्मीचाहिँ विश्‍वासद्वारा नै जिउनेछ।”

 


                                                    डा. मङ्गलमान महर्जन द्वारा बाइबल सम्बन्धी गीत


३. हामीहरूको जीवनला नयाँ तुल्याउनेछ।

बाइबल कण्ठ गर्नाले हामीले परमेश्वरले के चाहनुहुन्छ भन्ने कुरा दीमागको साथसाथै दिलले पनि बुझ्न थाल्छो। जब परमेश्वरको बचन हिर्दयमा हुन्छ, त्यसले हाम्रो दिमाग र दिललाई नयाँ तुल्याउँदछ। 

रोमी १२ को १-२ ले भन्दछ, "यसकारण भाइ हो, परमेश्‍वरको कृपालाई ध्‍यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्‍मिक उपासनाको रूपमा आ-आफ्‍ना शरीरलाई पवित्र र परमेश्‍वरलाई ग्रहणयोग्‍य हुने जिउँदो बलिको रूपमा अर्पण गर। यस संसारको ढाँचामा नचल, तर आफ्‍नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्‍वरको असल, ग्रहणयोग्‍य र सिध्द इच्‍छा के हो, त्‍यो तिमीहरूले जाँच्‍न सक।' 

यहाँ बाइबल कण्ठ गर्नुका दुइवटा फाइदाहरू पाउँछौँ:                                                     १. यसले हामीहरूको मनला नयाँ बनाउन मद्दत गर्दछ।                                        २. यसले हामीलाई परमेश्वरको ग्रहणयोग्य र सिध्द इच्छाको हो, सो जाच्न मद्दत पुर्याउनेछ। यसले गर्दा हामीहरूको जीवन दिन प्रतिदिन नयाँ हुन मद्दत गर्नेछ।

 

बाइबल पाठ गर्दै जाँदा तपाइले जब यसला मह भन्दा पनि मिठो पाउनुहुनेछ, झन झन तपाइ मिठो मानेर पाठ गर्नुहुनेछ। यसले तपाको अत्मिक र शारिरीक दुबै जीवनला स्वस्थ पार्नेछ। बचन कण्ठ गरौँ !!! स्वस्थ जीवन जिऔँ !!!


                                      सान्दर्भिक  (उत्पतिको पुस्तकको रूपरेखा) 

 

 

 

x

1 comment:

  1. धेरै राम्रो कुराहरू सिक्यो। प्रभुलाई महिमा होस्।

    ReplyDelete