पूरानो करारमा भएका परमेश्वरका नामहरू
बाइबलमा भएका हरेका व्यक्तिको नामहरू विशेष अर्थ बोकेको हुन्छ। नामहरू प्राय: विभिन्न
घटनाहरू र चरित्रहरूलार्ई चित्रण गरि नामहरू दिएका हुन्छन्। त्यस्तै परमेश्वरका नामहरूको प्रयोग
पनि विभिन्न अर्थहरू बोकेर भएको देखिन्छ। परमेश्वरका विभिन्न नामहरूले उहाँको गुणहरू, चरित्र,
तथा कार्यहरू दर्शाउँदछ। तर यी नामहरूको प्रयोग गर्दा, निकै होशियारी अपनाउनुपर्ने कुरा बाइबलमा
दिएको पाइन्छ। परमेश्वरको नामको अदर गर्नुपर्दछ। साथै उहाँको नामलार्ई ख्यालठट्टाको हिसाबले
लिनुहुँदैन। यसको मतलब नामै लिन नहुने भन्ने हैन तर बिना अर्थका कुरामा परमेश्वरको नाम लिएर
उहाँको ब्यक्तित्व वा गुणहरूमाथी प्रश्न खडा गर्ने काम गर्नुहुँदैन भन्ने कुरालार्ई जोड दिएको पाइन्छ।
यहाँ पुरानो करारमा प्रयोग भएका नामहरू र अर्थहरू दिएको छ।
परमेश्वरका प्राथमिक नामहरू :
Elohim (एलोहिम) – सृष्टिकर्ता परमेश्वर
आदिमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि
गर्नुभयो। (उत्पति १:१)
Yahweh (यहोवा) – अनन्तदेखी समान परमेश्वर
तब परमेश्वरले मोशालाई भन्नुभयो, “म हुँ जो म हुँ।” फेरि उहाँले भन्नुभयो,
“इस्राएलीहरूलाई तैंले यसो भन्नू, “ ‘म हुँ” भन्नेले तिमीहरूकहाँ मलाई पठाउनुभएको हो’।”
(प्रस्थान ३: १४)
Adonai (अदोनी) – प्रभु, मालिक
त्यसपछि मोशाले परमप्रभुलाई भने, “प्रभु, म बोल्नमा उस्तो सिपालु छैनँ, न त अघि म
सिपालु थिएँ न अहिले तपाईं बोल्नुभएपछि म सिपालु भएको छु, किनकि म बोल्नमा र
जिब्रो चलाउनमा ढिलो छु।” (प्रस्थान ४:१०)
Source: Culturewatch
परमेश्वरका मिश्रित नामहरू :
El Elyon (एल एल्योन) – सर्वोच्च परमेश्वर
अनि शालेमका* राजा मल्कीसेदेक रोटी र दाखमद्य लिएर अब्रामकहाँ आए। उनी
सर्वोच्च परमेश्वरका पूजाहारी थिए। (उत्पती १४:१८)
El Olam (एल ओलाम) – अनन्तका परमेश्वर
अब्राहामले बेर्शेबामा एउटा झ्याउको बोट रोपे, र त्यहाँ अनन्तका परमेश्वरको नाउँको
पुकारा गरे। (उत्पती २१:३३)
El Shaddai (एल शद्दार्ई) – सर्वशक्तिमान परमेश्वर
जब अब्राम उनान्सय वर्षका भए तब परमप्रभु अब्रामकहाँ देखा पर्नुभयो, र तिनलाई
भन्नुभयो, “म सर्वशक्तिमान् परमेश्वर हुँ। मेरो सामु हिँड्, र निर्दोष भएर बस्। (उत्पती
१७:१)
Jehovah
Jireh (यहोवा यिरे) – जुटाउनुहुने परमप्रभु
यसकारण अब्राहामले त्यस ठाउँको नाउँ “परमप्रभुले जुटाउनुहुन्छ” राखे। “परमप्रभुको
डाँड़ामा जुटाइनेछ” भनी आजपर्यन्त भनिन्छ। (उत्पती २२:१४)
Jehovah Rapha (यहोवा राफा) – निको पार्नुहुने परमप्रभु
र उहाँले भन्नुभयो, “तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरका कुरा ध्यानसित सुन्यौ,
उहाँको दृष्टिमा जे ठीक छ सो गर्यौ, र उहाँका आज्ञाहरूमा ध्यान लगायौ, र उहाँका सबै
विधिहरू मान्यौ भने, जुन रोगहरू मैले मिश्रीहरूमाथि ल्याएको थिएँ, तीमध्ये एउटै पनि
तिमीहरूमाथि ल्याउनेछैनँ, किनकि तिमीहरूलाई निको पार्ने म परमप्रभु हुँ।” (प्रस्थान
१५:२६)
Jehovah
Nissi (यहोवा निस्सी) – परमप्रभु हाम्रो झण्डा
मोशाले त्यहाँ एउटा वेदी बनाएर त्यसको नाउँ “परमप्रभु मेरो झन्डा” राखे। (प्रस्थान
१७:१५)
Jehovah
Maccaddeshcem (यहोवा
मक्काद्देशम) – परमप्रभु
पवित्रकर्ता
“तैंले इस्राएलीहरूलाई यसो पनि भन्नू: ‘तिमीहरूले निश्चय मेरा शबाथहरू मान्नू।
तिमीहरू र मेरो बीचमा यो एउटा चिन्ह हुनेछ, कि म, परमप्रभु नै पवित्रकर्ता हुनुहुन्छ,
भनी तिमीहरूले थाहा पाओ। (प्रस्थान ३१:१३)
Jehovah
Shalom (यहोवा शालोम) – परमप्रभु हाम्रो शान्ती
गिदोनले परमप्रभुको निम्ति त्यहाँ एउटा वेदी बनाए, र त्यसको नाउँ “परमप्रभु शान्ति
हुनुहुन्छ” राखे। त्यो आजको
दिनसम्म पनि अबीएजेरीको ओप्रामा छ। (न्यायकर्ता ६:२४)
Jehovah
Sabbaoth (यहोवा सबाओथ) – सेनाहरूका
परमप्रभु
एल्काना वर्षेनी शीलोमा सेनाहरूका परमप्रभुको आराधना गर्न र बलिदान चढ़ाउन आफ्नो
सहरबाट उक्लेर जाने गर्थे। त्यहाँ एलीका दुई छोरा, होप्नी र पीनहास परमप्रभुका
पूजाहारीहरू थिए। (१ शमूएल १:३)
Jehovah
Roi (यहोवा रोइ) – परमप्रभु मेरा गोठाला
परमप्रभु मेरा गोठाला हुनुहुन्छ, मलाई केही कुराको अभाव हुँदैन। (भजन २३:१)
Jehovah
Tsidkenu (यहोवा सिध्दिकेनु) – परमप्रभु हाम्रा धार्मिकता
तिनको समयमा यहूदा बचाइनेछ र इस्राएल सुरक्षितसाथ रहनेछ। जुन नाउँले तिनी
कहलाइनेछन् त्यो यही हो, ‘परमप्रभु हाम्रा
धार्मिकता’।” (यर्मिया २३:६)
Jehovah
Shamma (यहोवा शम्मा) –
परमप्रभु त्यहाँ हुनुहुन्छ।
त्यस समयदेखि उसो त्यस सहरको नाउँ हुनेछ: परमप्रभु त्यहाँ हुनुहुन्छ। (इजकिएल
४८:६)
Jehovan
Elohim Israel (यहोवा एलोहिम इस्राएल) –
परमप्रभु, इस्राएलका परमेश्वर
“हे राजा हो, सुन। हे शासक हो, कान थाप। म गाउनेछु, म परमप्रभुको स्तुति गर्नेछु, म
परमप्रभु, इस्राएलका परमेश्वरको निम्ति एउटा भजन गाउनेछु। (न्यायकर्ता ५:३)
Qadash Israel (कादाश
इस्राएल) – इस्राएलका परमपवित्र
हाय, पापी जाति, दोषले लादिएका मानिसहरू, दुष्ट काम गर्नेहरूका बच्चा, भ्रष्टाचार
गर्नेहरूका सन्तान। तिनीहरूले परमप्रभुलाई त्यागेका छन्, तिनीहरूले इस्राएलका
परमपवित्रलाई हेला गरेका छन्, र उहाँतिर आफ्नो पिठिउँ फर्काएका छन्। (यशैया १:१४)
हेर्नुहोस् : प्रस्थानको पुस्तकको संरचना
No comments:
Post a Comment