पा. केशब आचार्यको मामला, नेपालको संविधान र हाम्रो जिम्मेवारी
Pastor Keshab Raj Acharya and his wife Junu after his release on bail in Nepal. (Source: Morning Star News)
पा. केशब आचार्यको अहिले मामला नेपाली सामाजिक सञ्जालहरूमा जताततै छरिएको
छ। यसका साथै अन्तराष्ट्रिय रूपमा पनि यस प्रति ध्यान आकर्षण भएको छ। विभिन्न
ख्रिष्टियन तथा अन्य पत्रपत्रिकाहरू पनि यस विषयमा लेख्ने र बोल्ने काम गरिरहेका छन्।
भर्खरै पा. केशब आश्चार्यलाई डोल्पा जिल्ला अदालतले दुइ बर्षको जेल सजाय सुनाएको र
बिस हजार (२०,०००) नेपाली रूपैयाँको सजाय दिएको कुरा बाहिर अएको छ। यसले
नेपाली ख्रिष्टीयन जगतमा मात्र हैन, तर सबै नेपाली समाजमा ख्रिष्टियनहरू प्रतिको
सहिष्णुतामाथि प्रहार गरेको कुरा स्पष्ट देखाउँदछ।
नेपाली समाज अनेक जाती, भाषी, धर्म र सँस्कृतिको साझा फूलबारी हो। बेला बखत
एक अर्का प्रति विभिन्न रितिले दुख दिने कामहरू भएता पनि, हामीले राष्ट्रिय
एकतालाई कायम गर्ने कुरालाई जोड दिँदै आइरहेका छौँ।
यसका लागी यदि हामी ख्रिष्टिय समाजको तर्फबाट पनि कतिपय अवस्थामा गलत
शब्दहरू प्रयोग गरेर अरूलाई अप्ठ्यारो महशुस गरेका छौँ। धेरै हदसम्म हाम्रो भाषाहरू,
शैलीहरू, र चरित्रहरू परिवर्तन पनि भएका छन्। हामीले सुसमाचारलाई सुसमाचार झैँ
प्रचार गर्नुपर्छ। यसले सबैलाई खुशी नै बनाउँछ भन्ने त अवश्य हैन तर सकेसम्म,
हामीले प्रयोग गर्ने शब्दावलीले अनावश्यक तनाव दिनु हँदैन। यसरी हामी एकता,
सहिष्णुता र राष्ट्रियताप्रति संबेदनशील हुँदै गर्दा सरकारी तवरले नै ख्रिष्टियन
सेवकहरूप्रति यस किसिमका व्यवहार त्यति उचित हैन । यसले संविधानमा प्रस्तावनामा
प्रस्तुत गरेका, बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कतिक जस्ता गम्भिर
विषयहरूमाथी नै प्रभाव पार्दछ।
जुन हिसाबले पा. केशब पक्रियो?
यस अघिका घटनाहरूका आफ्नै कारणहरू थिए होलान्। त्यसको बारेमा पनि बिभिन्न
कुराहरू आए। तर यस पटक adfinternational का अनुसार पा. केशब आचार्यलाई March
19 मा एक ब्यक्तिले आफ्नो श्रीमती बिरामी भएको भनेर बोलाए। यस्तो अवस्थामा
सहायता गर्नु सबै सेवकको जिम्मेवारी हो। यसैले उहाँ त्यस ब्यक्तिको घर प्रार्थनाको
लागी जानुभयो। तर त्यहाँ पुग्दाखेरी चार जना पुलिसहरू उनलाई पक्रिनको लागी तयार
थिए। यसरी उहाँलाई त्यस
ठाउँबाट नै समातेर लगे।
May 22 मा उनलाई जमानतमा छोड्न मानेन। तर पछि भने पच्चिस सय अमेरिकन
डलरमा केही समयको लागी भनेर छोडे। त्यसको पाँच दिन पछि उनलाई छोडियो तर
केही समयको लागी मात्र भयो। भर्खरै उनलाई दुई बर्षको जेल सजाय र बीस हजारको
जरिवाना तोकिएको छ।
जुन कारणले पा. केशब आचार्य
पक्रियो
यो मामलालाई हेर्दा खेरी, adfinternational का अनुसार, पहिला उनलाई धार्मिक
रूपमा आक्रोशित भएर लागी धर्म परिवर्तन गर्ने कार्यमा लागेका भनेका थिए। यसलाई
उनिहरूले नेपालको संविधान विपरित भएको भनिएको छ। पछि फेरी उनलाई
सुसमाचारका पत्रिकाहरू छापेका र त्यसको वितरण गरेका भनेर भनेका छन्।
कसरी बुझ्ने त यस मामलालाई?
यसरी हेर्दा खेरी वास्तवमा पा. आचार्यले कसैलाई जबर्जस्ती धर्म परिवर्तन गर्न
लगाएको कतै देखिँदैन। साथै, उनीहरूको अरोपमा अरू बेला झैँ आर्थिक पक्ष संलग्न छैन।
न ता उनले कुनै भौतिक नोक्सान गरेका कुरा कतै उल्लेख छ। त्यसकारण यो अरोपमा
कुनै ठोस सत्यता देखिँदैन।
Source: Sagarmatha Saptahik Weekly
जहाँसम्म प्रार्थना गर्ने कुरा छ, पत्रिका छाप्ने कुरा छ, त्यसको वितरणको कुरा छ वा
सँगतिमा सहभागी हुने कुरा छ, यी सबै त संविधानले सुरक्षित गरिदिएको ब्यक्तिगत
तथा धार्मिक अधिकार हो। हाम्रो संविधानको भाग – ३, धारा – २६ को उपधारा १ मा
"धार्मिक आस्था राख्ने प्रत्येक ब्यक्तिलाई आफ्नो आस्था अनुसार धर्मको अवलम्बन,
अभ्यास र संरक्षण गर्ने स्वन्त्रता हुनेछ" भनिएको छ। यहाँ, आस्था अनुसार धर्मको
अबलम्बन, अभ्यास र संरक्षण गर्ने कुराको स्पष्ट जानकारी छ जस अनुसार हामी हाम्रो
धर्मको अभ्यास अबलम्बन गर्न, अभ्यास गर्न र संरक्षण गर्न, मौखिक रूपले, वा पुस्तक
पत्रपत्रिकाको माध्ययमद्वार यो गर्न सक्छौँ।" गुठी तथा सँघ सस्थाको माध्ययमबाट पनि
यसको प्रबन्घ उपधारा २ मा सुरक्षित छ। उप धारा २ ले भन्दछ, "प्रत्येक धार्मिक
सम्प्रदायलाई धार्मिक स्थल तथा धार्मिक गुठी सञ्चालन र संरक्षण गर्ने हक हुनेछ। तर
धार्मिक स्थल तथा गुठीको सञ्चालन र संरक्षण गर्न तथा गुठी सम्पत्ति तथा जग्गाको
व्यवस्थापनका लागी कानून बनाई नियमित गर्न बाधा पुगेको मानिने छैन"। यसरी यस
उपधारा अनुसार गुठीको प्रयोग गरी धर्मको संरक्षण गर्न पनि छुट दिएको छ। केवल त्यस
क्रममा सरकारले व्यवस्थापन गर्ने र गर्दाखेरी त्यो संविधान विपरीत हुनेछैन भन्ने कुरा
स्पष्ट पारेको पाइन्छ।
यस सम्बन्धी आउने केही समस्याहरूलाई मध्य नजर गर्दै उपधारा ३ मा यसको
यसरी सम्बोधन गरिएको छ, "यस धारा द्वारा प्रदत्त हकको प्रयोग गर्दा कसैले पनि
सार्वजनिक स्वास्थ्य, शिष्टाचार र नैतिकताको प्रतिकूल हुने वा सार्वजनिक शान्ति भंग
गर्ने क्रियाकलाप गर्न, गराउन वा कसैको धर्म परिवर्तन गराउने वा अर्काको धर्ममा खलल
पार्ने काम वा व्यवहार गर्न र गराउन हुँदैन र त्यस्तो कार्य कानून बमोजिम दण्डनिय
हुनेछ।" संविधानको यस उपधाराले देखाए अनुसार व्यक्तिगत रूपमा धार्मिक कार्य गर्दा,
१. अरूलाई बाधा पुर्याउनुभएन। २, धर्म परिवर्तन गराउनु पाएन। यसबाहेक शान्तीपूर्ण
ढंगले, शिष्टाचारका
साथ, नैतिक भएर धर्म कर्म गर्न छुट दिएको छ।
यहाँ, हामीले माथी पा. केशब आचार्यको मामलामा हेर्दा खेरी यी दुबै कुरा भएको
पाइँदैन। पहिलो, उनले त त्यस व्यक्तिको समस्यालाई लिएर प्रार्थना गर्न गएका थिए।
यदि त्यो कारण हैन भने, जुन कार्य उनले गरेका भनेका छन् त्यसै समयमा नै उनलार्इ
पक्रिन सकिन्थ्यो। त्यसो भएन। दोस्रो चाहीँ धर्म परिवर्तनको कुरा आउँछ, जुन चाहीँ सबै
भन्दा धेरै अरोप लागेको विषय हो। हामीले यसमा कसरी बुझेका छौँ भने, हामीले
कसैलाई जबरजस्ती ख्रिष्टीयन बनाउन सक्दैनौँ, अनि त्यसो गर्नु पनि हुँदैन। यो त
पवित्रआत्माको काम हो। तर हामी के गर्छौँ। भने हामी हाम्रो जीवनमा पाएको आशिष,
शान्ती अनि मुक्तिको कुरालाई बाँड्छौँ। जुन हाम्रो धार्मिक आस्था भित्र पनि पर्दछ। यो
काम जुनै माध्ययमबाट पनि हुन सक्छ, श्रव्य, दृष्य, पत्रपत्रिका, आदि। त्यसकारण
हामीले हाम्रो भोगाईहरू, विचारहरू, शिध्दान्तहरू, दर्शनका कुराहरू व्यक्त गर्ने हक
सबैलाई छ। चाहे यो राजनैतिक होस् या दार्शनिक होस् या धार्मिक, हामी हाम्रा दर्शन र
विचार बाँड्न पाउँछौँ। यसो गर्दा खेरी अरू राजनिती वा दर्शन पंक्ति पछ्याउनेहरूलाई
मन नपर्ला। तर यो सुन्नेहरूको स्वइच्छा हो। तर जसलाई आफूसँग असल दर्शन छ वा
शिक्षा छ भन्ने लाग्छ, उनिहरूलाई अफ्नो विचार राख्ने स्वतन्त्रता छ। कुनै पनि मत
राख्दा सबैले मेरो कुरा बुझोस र स्विकारोस भन्ने हुन्छ। नभए किन कराउँदै हिँड्नु। त्यो
हाम्रो पनि इच्छा हो। तर कतिसम्म लिने र पछ्याउने भन्ने निर्णय त हरेक व्यक्तिको
आ-आफ्नो हुन्छ।
त्यसकारण पा. केशबको मामलामा होस या अरू ख्रिष्टियनहरूको मामलामा होस्,
संविधानको भंग नगरि, सामाजिक अभ्यास अनुसार, राष्ट्रियलाई मध्यनजर गर्दै यसरी
व्यक्तिगत हक, बोलीको स्वतन्त्रता, र धार्मिक स्वतन्त्रताको पालन गरेका
ख्रिष्टियनहरूलाई अरोप लगाउने, पक्रिने, थुन्ने, बदनाम गर्ने जस्ता कार्यले उल्टै
सरकारबाट र जसले यो आरोप लगाएका छन् उनिहरूबाट नै यी संविधानको उल्लंघन
भइरहेको भान हुन्छ। किनभने उनिहरू अर्काको धार्मिक अभ्यासमाथी प्रश्न उठाइरहेका
छन्, एकता भंग गरिरहेका छन् र अनावश्यक रूपमा
कलह मच्चाइरहेका छन्।
हामी नेपाली ख्रिष्टियनहरूले के गर्ने त?
१. हामीले सधैँ बाइबलको आज्ञा अनुसार देशका लागी, देशका शासकहरूका लागी र
अरू जिम्मेवार व्यक्तिहरूका लागी निरन्तर प्रार्थना गर्नुपर्दछ। परमेश्वरबाट उनिहरूले
सद्बुध्दि मिलेको हामीले चाहन्छो भने, यो परमेश्वरबाट नै आउँछ।
२. संविधानले दिएको दायराभित्र रहेर हामी यो देशको एक असल र जिम्मेवारी नागरिक
भएर जिउनुपर्दछ। परमेश्वरले हामीलाई यो देशमा यसैले
राखिदिनुभएको छ।
३. धार्मिक अभ्यास गर्ने क्रममा हामीले अरूलाई ठोस पुर्याउने शब्दावलीको प्रयोग गर्नु
उचित हुँदैन। हामीले बोल्ने भनेको येशू ख्रिष्टको सुसमाचार हो। पापको समस्या जुन सबै
धर्महरूले स्वकार्दछ। त्यसबाट बचाउन र परमेश्वरको राज्यमा प्रवेश गर्न निम्ता दिने हो।
यसका लागी येशूले भोग्नुभएको दुख, मृत्यु र मृत्युमाथी उहाँको पुरूत्थानलाई हामीले
प्रचार गर्ने हो।
४. हामीले यो पनि ध्यानमा राख्नु पर्दछ कि हामी पनि एक समय त्यही अवस्थामा थियोँ।
हामीले सत्यता जानेका थिएनो। अरूले सुनाए पनि मतलब हुन्थेन। किनभने हाम्रो आँखा
खुलेको थिएन। त्यसकारण हामीले तर्साएर, धम्काएर, फकाएर (जुन हामीले नगरेता पनि
आरोप आइरहेको छ त्यसैले यहाँ उदृत गरेको) भन्दा पनि असल साथी भएर, सुसमाचार
नपाउँदाको अवस्था महशुस गरेर र प्रार्थना सहित धैर्य धारण गरेर सुसमाचरीय जिवन
जिउँदै र बचन सुनाउनु पर्दछ।
५. हामी कहिल्यै पनि फर्केर ख्रिष्टियन भएका रोमी साम्राज्य जस्तो हुन सक्दैनौ। यस्तो
चाहना पनि राम्रो हैन। हामीले यसका फलहरू पनि भोग्यौँ। त्यसकारण, हामी सधैँ राम्रो
हुन्छ भनेर आशा पनि गर्न सक्दैनौँ। यदि संसारले मान्ने येशूलाई त बाँकि राखेनन् भने
हामी त उहाँका चेलाहरू हो। सतावट त आउनेनै छ। जब आउँछ हामी अचम्म मान्नु
पर्नेछैन।
यसको लागी हामीले पावलले सुसमाचार सुनाउँदा कुन समयमा, कुन व्यक्तिहरूको
माझ, कसरी प्रस्तुत भए र कसरी प्रस्तुत गरे भन्ने कुरा प्रेरितको पुस्तकबाट सिक्न पाउँछौँ।
(For pdf file click here)
No comments:
Post a Comment