Monday, January 26, 2026

विश्वसन्दर्भमा इस्राएलको प्रमुख एतिहासिक घटना

 

विश्वसन्दर्भमा इस्राएलको प्रमुख ऐतिहासिक घटनाहरू


    बाइबल अध्ययनमा बाधा पुर्याउने वा जटिलता ल्याउने मुख्य कारणहरू मध्ये एक हुन् कुन घटना इतिहासको कुन कालखण्डमा घटेको हो भनेर थाहा गर्न नसक्नु। यसको समाधानको लागी हामीले शुरूको समय देखीको घटना क्रमलार्इ एकसाथ राखेर हेर्न सक्नुपर्दछ। यसैले यहाँ एक तालिका प्रस्तुत गरेको छु जसले मिती, इस्राएलको प्रमुख ऐतिहासिक घटना तथा समकालिन अन्तर्राष्टृिय सन्दर्भ संलग्न गरेको छु।    

 






Tuesday, January 6, 2026

फिलिप यान्सीकाे पाप स्वीकार

फिलिप यान्सीकाे पाप स्वीकार

सन् २०२६को केही दिनमै जब खिष्टियानीटी टुडे पढ्दै थिएँ। फिलिप यान्सीको विषयमा लेखेको लेख पढेर म दङ परें। हुन त मानिस पापबाट टाढा हुँदैन। शैतान विश्वासीलार्इ परिक्षामा पार्न ढुकिबसेको हुन्छ। जब यो ती व्यक्तिहरूको जीवनमा देखा पर्दछ जसलार्इ हामीले निकै अादरका साथ हेर्छाैं, त्यति खेर पहिलो प्रतिक्रिया चाहीँ हँ, होर? कसरी भन्ने हुन्छ। त्यही क्रममा पहिलो मेरो प्रतिक्रियामा परमेश्वरको वचनलार्इ मनन गर्दा, मैले यो बिचार गरें,

जसलार्इ हामी निकै अादरका साथ हेर्छाैं, उहाँहरूको नकरात्जमक उदाहरण देख्दा, निश्चय नै मन दुखेर अाउँछ। तर अाफ्नो नाम र इज्जतको पछि नलागी अाफ्नो पापको लुकाउनुको साटो स्वीकार गर्नु र त्यसको परिणाम भोग्न तयार हुनु पनि एक इमान्दार सेवकको उदाहरण हो।




फिलिप यान्सी, "I have confessed my sin before God and my wife, and have committed myself to a professional counseling and accountability program. I have failed morally and spiritually, and I grieve over the devastation I have caused. I realize that my actions will disillusion readers who have previously trusted in my writing. Worst of all, my sin has brought dishonor to God. I am filled with remorse and repentance, and I have nothing to stand on except God’s mercy and grace." CT.

"साँच्‍चै, म जन्‍मँदा नै पापी थिएँ,
र मेरी आमाले मलाई गर्भधारण गरेदेखि नै म पापी थिएँ।" (दाउद)

https://www.christianitytoday.com/2026/01/author-philip-yancey-confesses-affair-withdraws-from-ministry/