Tuesday, July 13, 2021

५ महत्वपर्ण सान्त्वनाका बचनहरू - कोरोनाबाट पिडितहरूका लागी परमेश्वरको बचन | Mangal Bahadur Tamang

    

कोभिड १९ ले कतिसम्म असर गरेको छ भन्नेकुराको अनुमान गर्न गाह्रो छैन। यस्को कारण धेरै पटक मानिसहरु बिभिन्न खालको समस्यामा छन। धेरै कुरा गुमाउनु परेकोले, ढाडसको धेरै खाँचो छ। बाइबलका यी पदहरुले तपाईंको जीवनमा धेरै उत्साह दिनेछ। पढ्नुहोस्, आशिषीत हुनुहोस् र अरूलार्इ पनि पठाउनुहोस्। 


        .  कमजोर महशुस गरेकाहरूका लागी 

   २ इतिहास १५:तर अब तिमीहरू शक्तिशाली होओ, र तिमीहरूको साहस नघटोस्‌। किनभने तिमीहरूका कामको प्रतिफल तिमीहरूले पाउनेछौ। 


        २. जागीर वा काम गुमेकाहरूका लागी

मत्ती ६:२६ आकाशका चराचुरुङ्गीलाई हेर। तिनीहरूले न त बीउ छर्छन्‌, न अन्‍न कटनी गर्छन्‌न भकारीमा बटुल्‍छन्‌, तर तिमीहरूका स्‍वर्गका पिताले तिनीहरूलाई खुवाउनुहुन्‍छ। के तिमीहरू तिनीहरूभन्‍दा बढ़ी मूल्‍यवान्‌ छैनौ र?

 
    
३. डर र त्रासमा भएकाहरूका लागी

यसैया ४१:१० यसैले नडरा, किनकि म तँसित छु। निरुत्‍साहित नहो, किनकि म तेरा परमेश्‍वर हुँ। म तँलाई बलियो पार्नेछु। म तँलाई सहायता गर्नेछु। मेरो धार्मिकताको दाहिने हातले म तँलाई समाल्‍नेछु।


        ४. भविष्यप्रति चिन्तित हुनुभएकाहरूका लागी

    यशैया ४१:१०किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्‍ति बनाएको छु, ती म जान्‍दछु,” परमप्रभु भन्‍नुहुन्‍छ। “ती तिमीहरूका उन्‍नतिको निम्‍ति हुन्‌, नोक्‍सानीको निम्‍ति होइनन्‌, तिमीहरूलाई आशा र भविष्‍य दिनलाई।  


        ५. रोग र मत्यु भोग्नुपरेकाहरूका लागी

रोमी १४:- यदि हामी बाँच्‍छौं भने प्रभुकै निम्‍ति बाँच्‍छौं, र मर्छौं भने प्रभुकै निम्‍ति मर्छौं। चाहे हामी बाँचौं, चाहे मरौं, हामी प्रभुकै हौं। यसैको निम्‍ति ख्रीष्‍ट मर्नुभयो र फेरि जीवित हुनुभयो, कि उहाँ मरेकाहरू र जीवितहरू दुवैका प्रभु होऊन्‌।


कोभिडको महामारीबाट हामी सबै भएर गइरहेको बेला, परमेश्वरको बचन मात्रै हामीलार्इ सही शान्ती र ढाडस दिने शक्तिशाली पुस्तक हो। यो परमेश्वरबाट एको कारण हामीले परमेश्वरको बोली र  छुवाइको महशुस गर्न सक्र्छौं। शा छ यस बचनको पढाइले अाशिष पाउनुभएको छ। प्रभुलार्इ महिमा होस्।