बाइबल के हो? यो प्रश्न एकदमै महत्वपूर्ण हो।
उत्तर - यो परमेश्वरको वचन पुस्तक हो।
परमेश्वरले प्रेरणा दिएर लेख्नुभएको पुस्तक हो।
बाइबलको आफ्नै साक्षी अनुसार
बाइबल परमेश्वरको बोली हो,
परमेश्वरको बचन हो। नयाँ करारमा यसका लागी थुप्रै
पुष्टिहरू पाइन्छन्।
१. पूरानो
करारको विषयमा नयाँ करारले भन्नुभएको बचनलाई हेरेर
बाइबलको
परमेश्वरको बचन हो भन्ने थाहा पाउन सकिन्छ।
पवित्र आत्माद्वारा
भन्नुभयो (प्रेरित ४:२३–२५)
छुटकारा पाएर तिनीहरू आफ्ना साथीहरूकहाँ आए, र
मुख्य पूजाहारीहरू
र धर्म-गुरुहरूले भनेका सबै कुराहरू उनीहरूलाई बताइदिए। जब तिनीहरूले
यो सुने, तब
तिनीहरूले एकसाथ परमेश्वरतिर आफ्ना सोर उचाली भने,
“हे
प्रभु, जसले स्वर्ग, पृथ्वी, समुद्र
र तिनमा भएका यावत् थोक बनाउनुभयो,
जसले पवित्र आत्माद्वारा आफ्ना सेवक हाम्रा पुर्खा
दाऊदका मुखबाट भन्नुभयो, ।
यसपछि भजन सँग्रह
२ को १–२ बाचन गर्नुभयो।
प्रभुले आज्ञा
दिनुभएको (प्रेरित १३:४७, ५०)
किनकि
प्रभुले हामीलाई यस्तो आज्ञा दिनुभएको छ,
‘पृथ्वीको पल्लो छेउसम्म मुक्ति पुर्याउन
मैले
तिमीलाई अन्यजातिहरूका निम्ति
ज्योति
हुन नियुक्त गरेको छु’।”
प्रभुको वचन सबै इलाकाभरि फैलियो।
परमप्रभुले
भन्नुभएको छ (२ कोरिन्थी ६:१६)
मूर्तिहरूसँग
परमेश्वरको मन्दिरको के सम्झौता?
किनभने
हामी
जीवित परमेश्वरका मन्दिर हौं,
जसरी परमेश्वरले भन्नुभएको छ,
“म तिनीहरूमा वास गर्नेछु, र
तिनीहरूका बीचमा हिँड्डुल गर्नेछु,
र
म तिनीहरूका परमेश्वर हुनेछु,
अनि
तिनीहरू मेरा प्रजा हुनेछन्”
लेवी २६ को
१२ र इजकिएल ३७ को २७ लाई उदृत गर्नुभयो।
परमप्रभु
भन्नुहुन्छ (रोमी ९:२५)
जस्तो
होशेको पुस्तकमा पनि उहाँ भन्नुहुन्छ,
“जुनहरू
मेरा मानिसहरू थिएनन्,
तिनीहरूलाई
म ‘मेरा प्रजा’ तुल्याउनेछु।
र
जसलाई मैले प्रेम गरेको थिइनँ,
त्यसलाई म ‘मेरो प्रिय’ भन्नेछु।”
२.
परमप्रभुको
र धर्म शास्त्रको भनाइमा भिन्नता देखाएको छैन
धर्मशास्त्रले
पहिलेदेखि नै सुसमाचार सुनाएको (गलाती ३:८)
परमेश्वरले अन्यजातिहरूलाई विश्वासद्वारा धर्मी ठहराउनुहुन्छ
भन्ने धर्मशास्त्रले पहिलेदेखि नै देखेर अब्राहामलाई
“तँमा नै सबै जातिले आशिष् पाउनेछन्”
भन्ने सुसमाचार अघिबाटै सुनायो।
उत्पती १२:३ उदृत गर्नुभयो।
धर्मशास्त्रले
भन्छ (रोमी ९:१०)
कि धर्मशास्त्रले फारोलाई भन्छ, “म मेरो शक्ति तँमा
देखाऊँ,
र सारा पृथ्वीमा मेरो नाउँको घोषणा गरिओस् भन्ने
अभिप्रायले मैले तँलाई खड़ा गरें।”
प्रस्थान ९:१६ लाई जनाउनुएको छ।
३.
नयाँ करारकै
लेखकहरूद्वारा बाइबल परमेश्वरको बचन हो
भन्ने थाहा
पाउन सकिन्छ।
लुकाले लेख्नुभएको
(लुका १:३)
माननीय थियोफिलस, मैले आरम्भदेखि नै सावधानीसाथ
सबै कुराको खोजी गरेको छु, र तपाईंको निम्ति
क्रमैअनुसारको
एउटा विवरण लेख्न मलाई असल लाग्यो,
युहन्नाले
लेख्नुभएको पुस्तकहरूमा भएको गवाहीहरू
यी लेखिएका
छन् (यूहन्ना २०:३१)
तर यी लेखिएका छन्, कि तिमीहरूले येशू परमेश्वरका पुत्र,
ख्रीष्ट हुनुहुन्छ भनी विश्वास गर, र विश्वासद्वारा
उहाँको नाउँमा तिमीहरूलाई जीवन प्राप्त होस्।
यी कुराहरू लेखेका छन् (यूहन्ना २१:२४-२५)
यी ती नै चेला हुन्, जसले यी कुराका विषयमा
गवाही दिँदछन्,
र यी कुरा लेखेका छन्, अनि हामी जान्दछौं कि
तिनको
गवाही साँचो छ। येशूले अरू पनि धेरै काम गर्नुभयो।
तीमध्ये प्रत्येकको बारेमा लेखिने हो भने, मलाई
यस्तो लाग्छ,
कि तिनका विषयमा लेखिएका पुस्तकहरू संसारैभरि पनि अटाउने
थिएनन्।
यी कुराहरू लेखिरहेका
छौँ (१यूहन्ना १:४)
हामी यी कुरा यस हेतुले लेखिरहेका छौं, कि हाम्रो आनन्द
पूर्ण होस्।
यी कुराहरू
लेखिरहेको छु (१यूहन्ना २:१)
मेरा साना बालकहरू, तिमीहरू पाप नगर भनी
म यी कुरा तिमीहरूलाई लेखिरहेछु। तर कुनै मानिसले पाप गर्यो
भने पनि पितासँग हाम्रो पक्षमा बोलिदिनुहुने एक जना हुनुहुन्छ,
अर्थात् धार्मिक येशू ख्रीष्ट।
यूहन्नाबाट (प्रकाश १:४,
यूहन्नाबाट एशियामा भएका सात वटा मण्डलीहरूलाई:
उहाँबाट तिमीहरूलाई अनुग्रह र शान्ति, जो
हुनुहुन्छ, जो
हुनुहुन्थ्यो, जो आउनुहुनेछ, र
उहाँको सिंहासन अगि रहनुहुने सात आत्माबाट,
यसो भन्नुभयो – लेख (प्रकाश १:११, १९)
“तिमी जे देख्तछौ, सो
एउटा पुस्तकमा लेख, र
सातै वटा मण्डलीलाई पठाऊ, अर्थात् एफिसस, स्मुर्ना,
पर्गामम, थिआटीरा, सार्डिस, फिलाडेल्फिया
र लाउडिकियालाई।”
यसकारण तिमीले जे देख्छौ, र जे छ र यसपछि जे हुन
आउनेछ, लेख।
पावलले
लेख्नुभएको पत्रहरूमा भएको गवाहीहरू
मेरो आफ्नै हातबाट
लेखेको
(१ कोरिन्थी
१६:२१–२२)
म पावल, आफ्नै
हातले यो अभिवादन लेख्दैछु।
कसैले प्रभुलाई प्रेम गर्दैन भने त्यो श्रापित होस्।
हे हाम्रा प्रभु, आउनुहोस्!
(गलाती ६:११)
हेर, म कति ठूला-ठूला अक्षरहरूले आफ्नै हातले तिमीहरूलाई लेखिरहेछु।
(कलस्सी ४:१८)
म पावल, यो अभिवादनचाहिँ आफ्नै हातले लेख्दैछु।
मेरा साङ्लाहरूलाई याद राख। तिमीहरूसँग अनुग्रह रहोस्।
(२ थेसलोनिकी
३:१७)
म पावल, आफ्नै हातले यो अभिवादन लेख्दैछु।
मेरो सबै पत्रको चिनारी यही हो। त्यसरी नै म लेख्दैछु।
तर्तियसको गवाही (रोमी
१६:२२)
यो चिट्ठी लेख्ने, म तर्तियसले प्रभुमा
तिमीहरूलाई अभिवादन पठाउँदैछु।
पत्रुसको गवाही (पत्रुस
५:१७)
विश्वासयोग्य भाइ सिलासलाई यो छोटो पत्र लेखाइरहेछु।
अर्ती दिँदै म यो घोषणा गरिरहेछु, कि परमेश्वरको साँचो
अनुग्रह यही हो। यसमा तिमीहरू दृढ भई खड़ा होओ।
यसकारण, बाइबल परमेश्वरको बचन हो तर यसलाई
विभिन्न परमेश्वरको अगमवक्ताहरू र प्रेरितहरूले
परमेश्वरको
प्रेरणाद्वारा लेख्नुभएको हो।
२ तिमोथी ३ को १६ ले
स्पष्ट बताउँदछ "सम्पूर्ण पवित्र-शास्त्र
परमेश्वरको प्रेरणाबाट भएको हो,
र यो सिकाउनलाई, अर्ती
दिनलाई,
सच्याउनलाई, धार्मिकतामा तालीम
दिनलाई लाभदायक हुन्छ,"