भजन १ को व्याख्या
१. १. धन्य हो त्यो मानिस,
जो
दुष्टहरूको सल्लाहमा हिँड्दैन
जो
पापीहरूको मार्गमा खडा हुँदैन,
अनि गिल्ला
गर्नेहरूको सङ्गतमा बस्दैन
२. तर
परमप्रभुको व्यवस्थामा नै त्यो खुशी रहन्छ,
र त्यसले
दिनरात उहाँकै व्यवस्थामा मनन गर्छ।
३. त्यो
खोलाको किनारमा रोपेको बोट जस्तै हुन्छ,
जसले आफ्नो रितुमा फल दिन्छ,
अनि उसको
पात कहिल्यै ओइलाउँदैन
अनि
त्यसले जे पनि गर्छ, त्यसमा त्यो सफल हुन्छ।
४.
दुष्टहरू त्यस्ता हुँदैनन!
तिनीहरू
बतासले उडाएर लैजाने भुस जस्तै हुन्छन्।
५.
यसकारण दुष्टहरू न्यायको दिनमा टिक्नेछैनन्,
र
पापीहरूले धर्मीहरूको सभामा स्थान पाउनेछैनन्
६.
किनकी परमप्रभु धर्मीहरूको मार्गको रक्षा गर्नुहुन्छ,
तर
दुष्टहरूको मार्ग नष्ट हुनेछ।
पुस्तक परिचय
अय्युब, भजनसंग्रह, हितोपदेश, उपदेशक
श्रेषठगीत बाइबलमा भएका कवितात्मक पुत्सकहरू हुन्। यो हिब्रु बाइबलको भागहरू मध्ये
अन्तिम भाग – लेखहरूमा पाइन्छ भने
अंग्रेजी र नेपाली बाइबलमा मध्य भागनेर पाइन्छ। यस पुस्तक इतिहासको पुस्तकहरू र
अगमवक्ताहरूको पुस्तक भन्दा पछाडी पाउन सक्छौँ। त्यसकारण पनि कति जनाले यसलार्इ आत्मिक जीवनका मुटुको रूपमा हेर्ने गर्दछ।
भजनसंग्रह
भजनहरूको संग्रह हो। यसको अर्थ, यहाँ धेरै भजनहरूको संकलन गरिएको छ। त्यसकारण यो
पुस्त्क भन्दा पनि भजनहरूको संगालो वा संकलन भनेर बुझ्नु असल हुन्छ। यहाँ विभिन्न मानिसहरूले
विभिन्न समयमा लेखेका विभिन्न विषयका भजनहरू पाउन सक्नुहुनेछ। यसका साथै यस भजनका
लेखकहरू लगभग १००० वर्षको अन्तरालभित्र परमेश्वरको आराधना गर्ने गर्दथे। यी भजन संग्रहहरूलार्इ विषयगत रूपमा
पाँच भागमा विभाजन गरि हेर्न सकिन्छ। तिनै आराधनाका बचनहरूलार्इ पवित्र आत्माको रोहवरमा, अगुवाइमा, र प्रेरणामा ती लेखकहरूले
बोले वा लेखे र पछि विभिन्न व्यक्तिहरूले आत्माको मद्द्तमा एकै ठाउँमा संकलन गर्ने कार्य गरे। र आज हामीसम्म यो भजनहरू सुरक्षित साथ आइपुगेको छ।
भजन १ परिचय
लेखक : दाउद वा अरू नै
आजको भजन १ लार्इ
भजनसंग्रहको पूरै पुस्तक वा संग्रह को परिचयको रूपमा लिन सकिन्छ। यसको अर्थ हुन्छ,
यस भजनले पूरै भजनसंग्रहको परिचय दिन्छ। भजन १ ले भनेका कुराहरूले अब यस पुस्तकभरि
के विषय छ भन्ने संकेत पनि दिँदछ। भजन १ लार्इ लिएर, चार्लस स्पर्जनले यसो भन्नुभयो,
"पहिलो भजनको विषय,
जसलार्इ हामी, केही हदसम्म, त्यस किसिमको भजन भन्नेछोँ जुन भजनमा अधारित भएर सबै
भजनहरू पूर्ण रूपमा परमेश्वरको बचन बनेको छ।"
भजन १ लार्इ
"आशिषको" भजन जा "धन्यको" भनेर पनि भन्दछ। पहिलो चाहीँ यस भजनको
शुरूवात नै "धन्य हो" वा "आशिषीत हो" भनेर शुरू
हुँदछ। यस किसिमको शैली नयाँ करारमा येशूले दिनुभएको डाडाँको उपदेशमा पनि देख्न
सक्छौँ (मत्ती ५०)। अर्को
चाहीँ यस भजनको मुख्य विषय भनेको नै आशिष वा कस्तो व्यक्ति चाहीँ आशिषीत व्यक्ति हो र उसले आशिषीत हुनको लागी के गर्नुपर्दछ त भन्ने हो। यो पनि नयाँ
करारमा डाडाँको उपदेशसँग तुलना गरेर हेर्न सक्छौँ (मत्ती ५०)।
भजन १ लार्इ
बुध्दिको भजन पनि भन्दछ किनकी यस भजनले जीवनमा सफलता पाउनको लागी र परमेश्वरबाट आशिष पाउन के गर्नुपर्छ भनेर बुध्दि र अर्ति
दिने काम गर्दछ। परमेश्वरको बचन पालन गर्ने मानिस आशिषीत हुन्छ हैन भने, जिन्दगी खराब हुँदै जान्छ भन्ने
कुरा बुझाउँदछ। खुशी र आशिषीत हुन उत्साह दिने
नै यस भजनको उद्देश्य हो। दुर्इ वटा बाटो छ, एउटा असल बाटो जसले आनन्दमा पुर्याउने छ तर अर्को बाटो छ जसले
दुखको गन्तब्य विनाश हुनेछ। यो जानेर असल बाटो रोज्न उत्साह दिने काम यस भजनले
गर्दछ। यो पनि नयाँ करारमा डाडाँको उपदेशसँग तुलना गरेर हेर्न सकिन्छ।
टिप्पणी
भजन १ ठिक्क
दुर्इ प्रकारका मानिसको कुरा गरेको छ: एउटा धर्मी
मानिस, अर्को दुष्ट मानिस। यी दुर्इ प्रकारका मानिसहरूको चरित्र, शैली र आचरणलार्इ विभिन्न कृयाको माध्यम द्वारा
दर्शाएको छ। यसका साथै उनिहरूको वर्तमान अवस्थालार्इ विभिन्न कवितात्मक शैलीमा
प्रस्तुत गरेका छन्। यसका साथै, दुबैको भविष्यमा हुने कुरालार्इ पनि विभिन्न उपमाहरू
प्रयोग गरि प्रस्तुत गरेका छन्। भविष्यको परिस्थितीलार्इ पर्तमानको व्यवहारको
इनामको रूपमा प्रस्तुत गरेका छन्।
यसरी हेर्दा
खेरी पहिलो तीन पदहरूले धर्मी
जनको बारेमा बताउदछ। ती तीन खण्डहरू चाहीँ पर्यायवाचीको रूपमा दिएको पाउँछौं किनकी यी पदहरूको विषय वस्तु मिल्दो छ। बाकीँ
तीन पदहरू चाहीँ त्यसको ठीक विपरीत दुष्ट मानिसको बारेमा लेखेका छन्। र ती तीन खण्डहरू एक अर्कामा
पर्यायवाची छन् किनकी त्यसको विचार र विषयवस्तु मिल्दो छ।
यसलार्इ
यसरी रेखा चित्रमा देखाउन सकिन्छ।
पदहरू |
विषय |
चरित्रकरण |
उपमा/रूपक |
इनाम |
१:१-३ |
धर्मी मानिस |
धन्य/आशिषीत |
खोलाको किनारको बोट |
सफल मार्ग |
१:४-६ |
दुष्ट मानिस |
त्यस्ता हुँदैनन् |
उडाएर लैजाने भुस |
नष्ट मार्ग |
कतिजनाले
अर्को एउटा कवितात्मक शैली पनि प्रयोग भएको भन्दछन्, त्यो हो, (Chiasmus) व्यतिक्रम।
यसको संरचना कविता जुन रूपले र विचारले शुरू भएको छ अन्त्य पनि त्यसै गरि हुने
गर्दछ। तर यो inclusion भन्दा फरक हो किनकी यसमा
दुइ भन्दा बदि विषय हुन्छ र मध्य भाग एउटै हुन्छ। यसलार्इ यसरी प्रस्तुत गर्न
सकिन्छ।
क' धर्मी मानिसको को विवरण : बाटो (१–२)
ख' धर्मी मानिसलार्इ जनाउने उपमा (Simile) : रूख (३क–ख)
ग' निष्कर्षलार्इ प्रस्तुत गर्ने : सफल (३ग)
ग' परिचयलार्इ प्रस्तुत
गर्ने : सफल (४क)
ख' दुष्ट मानिसलार्इ जनाउने
रूपक: भुस (४ख)
क' दुष्ट मानिसको विवरण र परिणाम : बाटो (५–६)
१:१ ले भन्दछ,
१.
धन्य हो त्यो मानिस, जो दुष्टहरूको सल्लाहमा हिँड्दैन, जो
पापीहरूको मार्गमा खडा हुँदैन, अनि गिल्ला गर्नेहरूको सङ्गतमा बस्दैन
यहाँ, पहिलो
वाक्य "आश्>रे" नै यस
कविता वा भजनको शिर्षकको रूपमा खडा भएको छ। त्यसमाथी, यो पहिलो भाग १-३ पदसम्मको विषय पनि हो। यहाँ, अवको बाकी
पदहरू को हुन त धन्य मानिस भन्ने प्रश्नको उत्तर दिनेछ। यस पदमा धन्य मानिसको आचरण वा व्यवहारलार्इ तीन प्रकारका
कृयाकलापद्वारा देखाएको छ। र ती कृयाकलापलार्इ नकारात्मक कृयापदको प्रयोग गरि
प्रस्तुत गरेको छ। ती कृयापदहरू हुन्: हिँड्दैनन,
खडा हुँदैनन र बस्दैनन्। यसको मतलब, जो मानिसको हिँडार्इ,
उठार्इ र बसार्इ दुष्टहरूसँग छैन, त्यो मानिस आशिषीत हुन्छ। यहाँ अर्को एउटा साहित्य पनि प्रयोग भएको छ
जसलार्इ
२.
तर परमप्रभुको व्यवास्थामा नै त्यो खुशी रहन्छ, र त्यसले
दिनरात उहाँकै व्यवस्थामा मानन गर्छ।
यहाँ, पहिलो
पदले भनेको नगर्ने कामले मात्र मानिसलार्इ धर्मी बनाउँदैन तर त्यस पछि उसले के
चाहीँ गर्छ त भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण छ। धन्य मानिस के काम गरेर चिनिनु
पर्दछ त भन्दा, उ पहिले त परमप्रभुको व्यवस्थामा खुशी हुनुपर्यो। परम्रभुको
व्यवस्था नै उसको खुशी हुने कारण बन्नु पर्यो। दोस्रो चाहीँ उसले दिनरात
परमप्रभुको व्यवस्थामा मनन गर्नुपर्यो। जो जसमा खुशी हुन्छ, उसले आफ्नो समय त्यसैमा बिताउँछ। धन्य मानिस
परमेश्वरको व्यवस्थामा खुशी हुन्छ त्यसैले उ परमप्रभुको व्यवस्थामा नै मनन गर्दछ।
३.
त्यो खेलाको किनारमा रोपेको बोटजस्तै हुन्छ, जसले आफ्नो रितुमा फल दिन्छ, अनि जसको पात कहिल्यै
अइलाउँदैन। त्यसले जे पनि गर्छ, त्इसमा त्यो सफल हुन्छ।
यस खणडले
धन्य मानिसको धार्मिक कामको कारण ९पापीहरूको सँगत नगर्ने परमप्रभुको व्यवस्थामा मनन
गर्ने भएको कारण, त्यस व्यक्ति सबै कुरामा सफल भएको बताउँदछ। सबै धार्मिकताको फल
असल हुन्छ। कस्तो किसिमको फल पाउँने हो भन्ने कुरा कस्तो किसिमको जीवन जिएको छ
भन्ने कुराले निर्धारण गर्दछ। सफल नतिजा पाउन धर्मी र व्यवस्थामा समर्पित जिवन जिउनु
पर्दछ।
४.
दुष्टहरू त्यस्ता हुँदैनन्। तिनिहरू बतासले उडाएर लैजाने
भसजस्तै हुँन्छन।
पहिलो विषयलार्इ अझै बलियो पार्नको लागी यहाँ
विपरित विषयको प्रयोग गरेर विपरित अर्थ दिने समानान्तरता शैलि प्रयोग गरिएको छ।
यसले दुष्टहरूको जीवनको तुलनामा धर्मीहरूको धार्मिकताको महत्वलार्इ अझ स्पष्ट
पार्दछ। यहाँ दुष्टहरूको जीवन लार्इ – त्यस्ता हुँदैनन भनेर मात्र भनेको पाउँछोँ। उनिहरूको
जीवन कस्तो हुन्छ त भनेर वर्ण गरेको छैन किन भने धर्मीहरूको जीवन भन्दा उनिहरूको
जीवन उल्टो हुन्छ भन्ने कुरामा सबै जना स्पष्ट हुनुपर्दछ। तिनीहरूलार्इ भस जस्तै
भनेर तुलना गरेका छन्।
५.
यस कारण दुष्टहरू न्यायको दिनमा टिक्नेछैनन्, र
पापीहरूले धर्मिहरूको सभामा स्थान पाउने छैनन्।
तर उनिहरूले पाउने दण्डलार्इ चाहीँ बरू
स्पष्ट सँग बताएका छन्। पहिला धर्मिहरू दुष्टहरूको सभामा बसेनन् अब पापीहरू
धर्मीहरूको सभामा बस्न पाउने छैनन्।
६.
किनकी परमप्रभुले धर्मिहरूको मार्गको रक्षा गर्नुहुन्छ,
तर दुष्टहरूको मार्ग नष्ट गर्नुहुन्छ।
अन्तिम पद चाहीँ परमेश्वरले गर्नुभएको कामको
पक्षमा रहेर त्यसलार्इ प्रष्ट्याउने काम भएको छ। यदि धर्मि र दुष्ट मानिसहरूको
अन्त्य एउटै हुने भए, उनिहरूको फरक जिवनको कुनै अचित्य नै हुँदैन। त्यसैले यस
भजनले फरक पन देखाएको छ कि परमेश्वरले तिमीहरूको जीवनको इनाम दिनुहुनेछ। जसले वचन
अनुसार जीवन जिउँछ, उ सफल तर दुष्टहरू धर्मिहरूको सभाबाट टाढा हुनेछ।
निष्कर्ष
त्यसकारण परमेश्वरले हामीहरू कहाँ हिँड्छोँ, को सँग
बस्छोँ र कससँग खडा हुन्छोँ भन्ने कुराको लेखा राख्नुहुन्छ र त्यही अनुसारको इनाम
दिनुहुन्छ।
सफलताले भरेको असल जीवन इनामको रूपमा पाउन चाहनुहुन्छ
भने, यस धन्य मानिसको चरित्र अनुसारको जीवन जिउनुहोस। सफलता तपार्इकै हुनेछ।