Sunday, April 9, 2023

5 Undisputed facts about the resurrection of Jesus

               येशूको पुनरुत्थानसम्बन्धी निर्विवाद ऐतिहासिक तथ्यहरू

    हिजाे आज विश्वले येशूको पुनरुत्थान दिवस मनाइरहेको छ। येशूको जीवनको ऐतिहासिकता नकार्ने मानिसहरू विरलै छन्। अहिले सक्रिय नयाँ करारसम्बन्धी विद्वान्, जो उनको विश्वासमा अफूलार्इ अज्ञेयवादी भनेर चिनाउँछन्, उनी ढुक्कै भन्छन् कि येशूको तिहासिकता बारे प्रश्न गर्ने इतिहासकारहरू विद्वान्हरू कोही पनि छैन जसले प्रश्न गर्छ उनीहरू वास्तविक शिक्षाविद्हरू भन्दा पनि अलग विचारले अफ्ना भावनाहरू पोख्नेहरू हुन्। अझ अर्का एक जना रूडोल्फ बुल्टमन भन्छन् कि येशूको तिहासिकता नस्वीकार्नेहरू पागल हुन्।

    त्यसो भए येशूको पुनरूत्थानसम्बन्धी विद्वान्हरू के भन्दछन् ? येशूको जीवनको तिहासिकतालार्इ स्वीकार्नु एउटा कुरा हो भने उहाँको पुनरूत्थानलार्इ स्वीकार्नु अझ फरक कुरा हो। येशूको पुनरूत्थानको महत्त्वको विषयमा पावल लेख्छन्, यदि ख्रीष्ट मृतकबाट पुनर्जीवित पारिनुभएको होइन भनेता हाम्रो प्रचार व्यर्थ हुन्छ तिमीहरूको विश्वास पनि व्यर्थ हुन्छ। (कति मानिसहरू यस किसिमका व्यर्थ विश्वास गर्नेहरू पनि छन्, जसले पुनरुत्थानलार्इ विश्वास गर्दैनन् वा यसलार्इ अलग अलाङ्कारिक व्याख्या गर्ने गर्दछन्।) यसैकारण पुनरुत्थान ख्रीष्टिय विश्वासको निम्ति आधार हो। यही विषयलार्इ सम्बोधन गर्दै, जस्टिन बासले एतिहासिक रूपमा निर्विवाद पाँच तथ्यहरू प्रस्तुत गरेका छन्। जसअनुसार उनी भन्छन् कि यी धारभूत तथ्यहरू येशू सुरुवाती ख्रीष्टियनहरूका विषयमा विद्वान्हरू वस्तुत: सर्वसम्मत छन्। ती पाँच तथ्यहरू निम्नानुसार छन्:

१.   पुनरुत्थानको विषयमा पावलको धारभूत साक्षी

२.   येशूको क्रुसको मृत्यु गाडिनुभएको तथ्य

३.   तेस्रो दिनमा पुनरुत्थान हुनुभएको तथ्य

४.   पत्रुस, बाह्र जना चेलाहरू, पाँच सय भन्दा बढी मानिसहरू, याकूब पावलकहाँ देखार्नुभएको

५.   नाजरिन सम्प्रदायहरूको उदय, जुन अहिले सबै भन्दा प्रख्यात ख्रिष्टियन धर्मको नामले फैलिएको छ।

 

यी तथ्यहरूका महत्त्वहरू विशेष छन्।

१.  यी तथ्यहरू तिहासिक रूपमा येशूको जीवन पुनरुत्थानदेखि एकदमै कम समयपछि दिएका साक्षीहरू हुन्, त्यसैले विश्वका प्रख्यात प्राचिन इतिहासहरूमध्ये यो अलग।

२.  यी साक्षी दिनेहरूमध्ये पावल, याकूब पहिले येशूको जीवन उनका चेलाहरूप्रति अविश्वास गर्ने सताउनेहरूमध्ये थिए। उनीहरूको परिवर्तनले उनीहरू सताउनेहरूबाट सञ्चालकहरू भएका थिए।

३.  केवल येशूका बाह्र जना चेलाहरूसँग मात्र नभर्इ येशू कम्तीमा पनि पाँच सय चेलाहरूको माझ प्रस्तुत हुनुभयो। पुनरूत्थान पश्चात् पनि उहाँ मानिसहरूको माझमा रहनुभयो।

४.    यसको नाजिरिनहरूको उदयले पनि देखाउँदछ, जो नासरतमा जन्मिनुभएको येशूलार्इ पछ्याउनेहरूको रूपमा चिनिए। पछि गएर अहिलेसम्म नै संसारमा ख्रिष्टियनको नामले चिनिएका छन्।

 

विस्तृत ज्ञानको लागी तल दिइएको पुस्तक पढ्न सक्नुहुनेछ। यदि तपार्इहरू यससम्बन्धी अझै लेखेको चाहनुहुन्छ भने तल कमेन्टमा उल्लेख गर्नुहोस्।