Monday, October 23, 2023

Why do New Covenant People Need Old Covenant Bible

नयाँ करारका मानिसहरूका लागी पूरानो करार किन खाँचो छ?



पूरानो करार

मलार्इ नयाँ करार भए पुग्छ, पूरानो करारको खाँचो छैन भन्नेहरू पनि छन्। यसको उदाहरणको रूपमा एन्डि स्टानलीको एक पुस्तकलार्इ लिन सकिन्छ जसले पूरानो करारको अध्ययनलार्इ उल्टै समस्या ल्याउने वचन भनेर पनि भनेका छन्।


पूरानो करारको खाँचो छ भन्नेहरू भए ता पनि, प्रयोगको हिसाबले उनिहरूले यसको अवश्यकतालार्इ बुझेका हुँदैनन्। हामी नयाँ करारमा भएकाहरूका लागी किन चाहियो त पूरानो करार? पूरानो करार सम्बन्धी महत्वको विषयमा चर्चा गर्नेछु।

१.     पूरानो करार परमेश्वरको प्रेरणामा लेख्नुभएको वचन हो। २ तिमोथी ३ को १५ मा तिमोथीले थाहा पाएका वचन र पढेका वचनहरूको विषयमा पावल लेख्नुहुन्छ, तिमी बाल्‍यकालदेखि पवित्र-धर्मशास्‍त्रसँग परिचित छौ, जसले ख्रीष्‍ट येशूमा भएको विश्‍वासद्वारा मुक्तिको निम्‍ति तिमीलाई शिक्षा दिन सक्‍छ यहि धर्मशास्त्रको विषयमा लेख्नुहुन्छ, २ तिमोथी ३ को १६-१७ सम्‍पूर्ण पवित्र-शास्‍त्र परमेश्‍वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्‍याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्‍छ, ताकि परमेश्‍वरको जन हरेक सुकर्ममा पूर्ण रूपले सुसज्‍जित भई सिद्ध भएको होस्‌

पूरानो करारका वचनहरू परमेश्वरले दिनुभएको हो भन्ने कुरा यहाँ बताउँदछ। पावलले र तिमोथीले बुझेको गरेको धर्मशास्त्र त्यतिखेर पूरानो करारमात्र थियो। उनिहरूसँग नयाँ करारका मानिसहरू भइसके ता पनि, नयाँ करारको पुस्तक उपलब्ध भइसकेको थिएन। नयाँ करारका मानिसहरू अफ्नो जीवनलार्इ परमेश्वरको वचन अनुसार जिउनु र धार्मिकतामा अफूलार्इ तालिम दिनु उत्तिकै जरूरी छ। यसैकारण पूरानो करार, परमेश्वरको प्रेरणामा लेखिएको थियो।


त्यस्तै, १ पत्रुस १ को १२ ले भन्दछ, तिनीहरूलाई (अगमवक्ताहरूलार्इ) यो (येशूको विषयमा भएको अगमवाणीहरू) प्रकट गरिएको थियो, कि तिनीहरूले आफ्‍ना होइन, तर तिमीहरूका सेवा गरिरहेका थिए। यी कुरा स्‍वर्गबाट पठाइनुभएका पवित्र आत्‍माबाट तिमीहरूलाई प्रचार भएको सुसमाचार सुनाउनेहरूद्वारा अहिले तिमीहरूलाई घोषणा भएको छ यहाँ पत्रुस भन्नुहुन्छ कि पूरानो करारका अगमवाणीहरू, परमेश्वरको प्रेरणामा बोलेका र लेखेको थिए। वास्तवमा ती अगमवक्ताहरूले अफ्नै लागी भन्दा पनि, नयाँ करारका विश्वासीहरूको सेवाको निम्ति ती अगमवाणीहरू गरेका थिए। त्यहि सुसमाचार नयाँ करारका विश्वासीहरूले बुझेर उहाँमा विश्वास गर्छन्।

 

यहाँ हामी पूरानो करारका विभिन्न पदहरूलार्इ पनि हेर्न सक्ने छौं, तर नयाँ करारमात्र भए पनि पुग्छ भन्नेहरूले बोक्ने नयाँ करारले के सिकाउँछ भने पूरानो करार भनेर चिनिएको वचन पनि परमेश्वरबाट अएको वचन हो। यसलार्इ बुझेर कसरी प्रयोगमा ल्याउने भन्ने छुट्टै विषय हो। तर यसलार्इ अनावश्यक ठान्नु नयाँ करारको वचनले नै दिँदैन। यो परमेश्वरबाट अएको वचन हो।