Saturday, February 26, 2022

Blaise Pascal's supernatural experience of conversion!

 

ब्लेज पास्कलको ख्रिष्टीयन हुँदाको सम्झना (नेपाली अनुवाद)

      प्रश्न : एउटा प्रश्न जुन बैज्ञानिक वा पढेलेखेकाहरूले सोध्ने गर्छन्, धर्म भनेको केवल आस्था हो। विज्ञान र गणितका तर्क जानेकाहरू कहिल्यै धर्मको पछाडी लाग्न सक्दैन।

        उत्तर : यस प्रश्नका उत्तर दिनै पर्दैन। बैज्ञानिकहरूको जिवनी पल्टाएर हेर्नुहोस्, कति प्रतिशत चाहीँ, ख्रिष्टीयन छन त? यसको सबै भन्दा कडा उदाहरण मध्ये एक हुन्, ब्लेज पास्कल। के १६ वर्षको सानो उमेरमा नै The pejoratice of geometry लेख्ने संसारकै प्रख्यात गणितिज्ञ र वैज्ञानिक, धार्मिक कुराहरूमा विश्वास गर्न सक्छ र? Probability Theory, mechanical calculator का अविष्कारक, बैज्ञानिक शिध्दान्तका प्रतिपादक, अनि के के अरू। सानै उमेरमा विज्ञान, गणित, तर्क, दर्शन अदि विषयमा मुख्य विषयहरूमा मुख्य कामहरू गर्न भ्याएका पास्कलले अन्तिममा अनौठो  रूपमा परमेश्वरसँग भेटे। उनको यस भेट अचम्मको थियो। यसको बारेमा उनले लेखेका उनका धर्म रूपान्तरणको क्षणको वर्णन, उनले लेखेर आफ्नो कोटको खल्तीमा बोकेर हिँड्थे जुन उनको मृत्यु पछि उनका नोकरले कोटको खल्तीमा भेटेका थिए। यसको नेपाली अनुवाद तल दिएको छ।

स्रोत : विकिपेडिया

[अनुग्रहको वर्ष १६५४

सोमबार, २३ नोभेम्बर, सन्त, पोप र शहिद क्लेमेन्टको पर्व र अन्य शहिदहरू

सन्त ख्रिसोस्टोम, शहिदहरू, र अरूहरूको पर्वको साँझ

रातको साँढे दश बजे देखि साँढे बार्ह बजे सम्म]


गो!

अब्राहामको परमेश्वर, इसाहाकको परमेश्वर याकुबको परमेश्वर

दर्शनशास्त्रीहरूको हैन र शिक्षितहरूको हैन

निश्चितता। निश्चितता। महशुस। आनन्द। शान्ती

येशू ख्रिष्टको परमेश्वर

मेरो परमेश्वर र तपाको परमेश्वर

तिम्रो परमेश्वर मेरो परमेश्वर हुनेछ.

सबै संसार बिर्सजानेछ र सबै कुराहरू पनि, परमेश्वर बाहेक।

सुसमाचारको पुस्तकहरूको माध्ययमबाट मात्र उहाँला भेट्न सकिन्छ।

मानिसको आत्माको भव्यता।

धर्मी परमेश्वर, संसारले तपाला चिनेका छैनन, तर मैले तपाला चिनेको छु।

आनन्द, आनन्द, आनन्द, आनन्दको आँशु।

म तिनिबाट बाट टाढा गएको थिएँ

तिनिले मला बिर्सेका थिए, जिवित पानीको फोहरा

मेरो परमेश्वर, के मला छोड्नुहुन्छ?

मला तिनिबाट सदाको लागी टाढा हुन नदिनुहोस्।

यो अनन्त जिवन हो, तिनीहरूले तपाला चिन्दछ, एकमात्र परमेश्वर र एक जसला तपाले पठाउनुभयो, येशू ख्रिष्ट।

येशू ख्रिष्ट।

येशू ख्रिष्ट।

मैले उहाँला बिर्सें, मैले तपाला बिर्सें, त्यागें, क्रुशमा टाँगिदिएँ

अब मला उहाँबाट कहिल्यै टाढा हुन नदिनुहोस्।

उहाँ, सुसमाचारका शिक्षाहरू द्वारा सुरक्षित राखिएका छन

त्याग पूर्ण र मिठो।

पूर्ण समार्पणता येशूला र मेरो निर्देशक।

संसारमा एक दिनको अभ्यासको कारण अनन्तको लागी आनन्दमा

तपाको बचन नबिर्सन। आमेन।

x

Tuesday, February 8, 2022

Are you Anxious? Learn to Pray with Psalmists

चिन्तामा हुनुहुन्छ? कसरी प्रार्थना गर्ने, भजनकारकबाट सिक्नुहोस्

हामी धेरै पटक विभिन्न समस्याहरूबिच हुँदै गुज्रिरहेका हुन्छोँ। भर्खरै मात्र मेरो एकजना साथी शारिरीक समस्यामा खेप्नु पर्यो। केही वर्ष  अघि देखि परमेश्वरमा विश्वास गरेको कारण उत्साह र जोसमा थियो। तर अचानक स्वास्थ्यमा अनोठो समस्या अायो। यस्तो अवस्थामा प्राय सबैलार्इ के भनेर प्रार्थना गर्ने, कसरी प्रार्थना गर्ने भन्ने भइरहन्छ। यदि तपार्इ पनि यहि सोचिराख्नुभएको छ भने, यहाँ भनजकारकका केहि प्रार्थनाहरू दिएको छु। त्यसबाट हामी चिन्तामा हुँदा कसरी प्रार्थना गर्न सक्छोँ भन्ने कुरा सिक्न सक्छोँ। 


तपार्इहरूले तलका भनजहरू प्रयोग गरेर अाफ्नो चिन्तित अवस्थामा मा परमेश्वरसँग प्रार्थना गर्न सक्नुहुन्छ।

भजन ४

1   हे धार्मिक परमेश्‍वर, मेरा रक्षक! मैले पुकार गर्दा मलाई जवाफ दिनुहोस्‌! सङ्कष्‍टमा पर्दा मलाई आश्रय दिनुहोस्‌। ममाथि अनुग्रह गर्नुहोस्‌, र मेरो प्रार्थना सुन्‍नुहोस्‌।

2   हे मानिस हो, तिमीहरू मेरो महिमालाई कहिलेसम्‍म लाजमा परिवर्तन गर्नेछौ? कहिलेसम्‍म तिमीहरू व्‍यर्थका कुराहरू रुचाउनेछौ र असत्‍य देवताहरूको पछि लाग्‍नेछौ? सेला

3   तिमीहरूलाई थाहा होस्‌, परमप्रभुले भक्तजनहरूलाई आफ्‍नो निम्‍ति छुट्ट्याउनुभएको छ। मैले पुकार गर्दा परमप्रभुले सुन्‍नुहुन्‍छ।

4   रीसमा पर्दा पाप नगर। ओछ्यानमा सुत्दा आ-आफ्‍नो हृदयभित्र तलाश गर र शान्‍त रहो। सेला

5   उचित बलिदानहरू चढ़ाओ, र परमप्रभुमा भरोसा राख।

6   धेरैले सोध्‍दैछन्‌, “हामीलाई कसले केही असल कुरा देखाउन सक्‍छ?” हे परमप्रभु, तपाईंका मुहारको ज्‍योति हामीमाथि प्रकाशित गर्नुहोस्‌!

7   तिनीहरूका अन्‍न र नयाँ दाखमद्यको प्रशस्‍ततामा हुने आनन्‍दभन्‍दा बढ़ी आनन्‍दले तपाईंले मेरो हृदय भर्नुभएको छ।

8   शान्‍तिमा म पल्‍टिनेछु र निदाउनेछु, किनकि हे परमप्रभु, तपाईंले मात्र मलाई सुरक्षित राख्‍नुहुन्‍छ।


यदि मानिसहरूले विभिन्न अारोप लगाउने र गिल्ला गर्ने गर्दछन। यसकारण तपार्इ यी मानिसहरू देखी दुखी हुनुहुन्छ। मनमा शान्ती छैन भने यो प्रार्थना गर्न सक्नुहुन्छ।


भजन ५

1   हे परमप्रभु, मेरा वचनहरूमा कान थाप्‍नुहोस्‌! मेरो सुस्‍केरामा ध्‍यान दिनुहोस्‌!

2   हे मेरा राजा, हे मेरा परमेश्‍वर, मेरो दुहाई सुनिदिनुहोस्‌, किनकि तपाईंमा नै म प्रार्थना गर्दछु।

3   हे परमप्रभु, बिहानै तपाईंले मेरो सोर सुन्‍नुहुन्‍छ। सबेरै तपाईंको अगि मेरो प्रार्थना राख्‍दछु, र आशामा पर्खन्‍छु।

4   तपाईं दुष्‍टतामा प्रसन्‍न हुने परमेश्‍वर हुनुहुन्‍न। खराबी तपाईंमा वास गर्न सक्‍दैन।

5   घमण्‍डी मानिस तपाईंको सामु टिक्‍नै सक्‍दैन। दुष्‍ट काम गर्नेहरू सबैलाई तपाईं घृणा गर्नुहुन्‍छ।

6   झूट बोल्‍नेहरूलाई तपाईं नाश गर्नुहुन्‍छ। परमप्रभुले हत्‍याराहरू र छल गर्नेहरूलाई घृणा गर्नुहुन्‍छ।

7   तर मचाहिँ तपाईंको अपार कृपाको कारणद्वारा, तपाईंको भवनभित्र पस्‍नेछु। भक्तिसाथ तपाईंको पवित्र मन्‍दिरतिर फर्की दण्‍डवत्‌ गर्नेछु।

8   हे परमप्रभु, मेरा शत्रुहरूका कारणले गर्दा तपाईंको धार्मिकतामा मलाई डोर्‍याउनुहोस्‌। तपाईंको मार्ग मेरो सामुन्‍ने सोझो पारिदिनुहोस्‌।

9   तिनीहरूको मुखमा सत्‍यता छैन, अनि तिनीहरूको हृदय दुष्‍टताले भरिएको छ। तिनीहरूको घोक्रो खुला चिहान हो, अनि आफ्‍नो जिब्रोले तिनीहरू छलका कुरा बोल्‍छन्‌।

10  हे परमेश्‍वर, तिनीहरूलाई दोषी ठहराउनुहोस्‌। आफ्‍नै जाल तिनीहरूका पतनको कारण होस्‌। तिनीहरूका अनेक अपराधको कारण तिनीहरूलाई त्‍यागिदिनुहोस्‌। किनकि तिनीहरूले तपाईंको विरुद्धमा विद्रोह गरेका छन्‌।

11  तर तपाईंमा शरण लिनेहरूचाहिँ रमाऊन्‌, र तिनीहरू सधैँ हर्षले गाऊन्‌। तपाईंले नै तिनीहरूको रक्षा गर्नुहोस्‌, र तपाईंको नाउँलाई प्रेम गर्नेहरू तपाईंमा आनन्‍दित होऊन्‌।

12  किनकि हे परमप्रभु, तपाईंले धर्मीहरूलाई आशिष्‌ दिनुहुन्‍छ, ढालले रक्षा गरेझैँ आफ्‍नो कृपा-दृष्‍टिले तिनीहरूलाई घेरिराख्‍नुहुन्‍छ।


यदि मानिसहरू दुष्टताको प्रयोग गरिरहेका छन, उनीहरू त्यसैमा रमाइरहेका छन र उनीहरूको प्रगति भएको कारण उनिहरू घमण्ड गर्छन। परमेश्वरको भय मान्नुको सट्टा उल्टै ख्रिष्टियन भएर असल जीवन जिउँदा जिउँदै अनेक खिल्ली उडाउने काम गर्छन। यसले तपार्इलार्इ चिन्ता र दुखित तुल्याएको छ भने, यो प्रार्थना गर्नुहोस। 


भजन ६

1   हे परमप्रभु, तपाईंको क्रोधमा मलाई नहप्‍काउनुहोस्‌, तपाईंको रोषमा मलाई ताड़ना नदिनुहोस्‌।

2   ममाथि दया गर्नुहोस्‌, हे परमप्रभु, किनभने म अति दुर्बल छु। हे परमप्रभु, मलाई निको पार्नुहोस्‌, किनकि मेरा हाड़हरूमा पीडा छ।

3   मेरो प्राण पनि साह्रै बेचैनीमा छ। कहिलेसम्‍म, हे परमप्रभु, कहिलेसम्‍म पर्खनु?

4   मतिर फर्कनुहोस्‌, हे परमप्रभु, मेरो प्राणलाई छुटकारा दिनुहोस्‌। तपाईंको अचूक कृपाको खातिर मेरो उद्धार गरिदिनुहोस्‌।

5   मृत्‍युमा तपाईंको सम्‍झना हुँदैन, पातालमा कसले तपाईंको प्रशंसा गर्न सक्‍छ र?

6   आफ्‍नो आर्तनादले थाकेर म लाचार भएको छु, हरेक रात म रोएर मेरो ओछ्यान भिजाउँछु।

7   शोकले गर्दा मेरा आँखा धमिला भएका छन्‌। मेरा शत्रुहरूले गर्दा ती कमजोर भएका छन्‌।

8   हे सबै कुकर्मी हो, मबाट पर हट! किनकि म रोएको परमप्रभुले सुन्‍नुभएको छ।

9   परमप्रभुले कृपाको निम्‍ति मेरो पुकार सुन्‍नुभएको छ, मेरो प्रार्थना परमप्रभुले ग्रहण गर्नुहुन्‍छ।

10  मेरा सबै शत्रुहरू शर्ममा पर्नेछन्‌, र ज्‍यादै घबराउनेछन्‌, र पलभरमा लज्‍जित भएर पछि हट्‌नेछन्‌।


हामीहरू परमेश्वरको वचन पालनबाट धेरै पटक चुकेका हुन्छोँ। उहाँलार्इ मन पर्ने जीवन जिउनुको सट्टा पापकर्म गरिरहेका हुन्छोँ। हामीलार्इ थाहा छ हाम्रा परमप्रभु पापकर्ममा खुशी हुनुहुन्न। त्यसकारण यदि तपार्इले पाप गर्नुभयो भने, परमेश्वर त्यहाँबाट पश्चाताप गरि उहाँतिर फर्केको चाहनुहुन्छ। त्यसकारण, यस्तो अवस्थामा पश्चातापको प्रार्थना गरि परमेश्वरलार्इ पुकार्नुहोस। यस भजनले तपार्इलार्इ मद्दत गर्नेछ। 


तपार्इको प्रार्थनाको जीवन असल हुँदै जाअोस्। दुख र चिन्तामा सधै परमेश्वरमै पुकार गर्नुहोस्। भजन कारकले झैँ अाफ्नो चिन्ता र बोझलार्इ परमेश्वरमा नै खन्याउनुहोस्।