यशैयाले लेख्नुभएको चार वटा परमप्रभुका दासको गीतहरू जसलार्इ अंग्रेजीमा Servant song भन्दछन भने हिब्रुमा यसलार्इ שַׁיר עֶבֶד יְהוָֹה भनेर भन्दछन्। यी चार वटा गीतहरू इस्राएलीहरूको निम्ति र ख्रिष्टियनहरूको निम्ति पनि उत्तिकै महत्व राख्दछ।
१.
यशैया ४२:१-४
मेरो दासलाई हेर!
म उसलाई सम्हाल्नेछु, उसलाई मात्र रोजेको
हुँ।
अनि म उसँग एकदम खुशी छु।
मैले मेरो आत्मा उसमा हालीदिए।
ऊ भद्र हुनेछ।
उसले पानीको छेउमा उम्रने निगालो सम्म भाँच्ने छैन।
उसले निभ्न लागेको कम्जोर दियोलाई सम्म फुकी निभाउने छैन्।
उसले निष्पक्ष रूपमा जाँच गरेर सत्य कुरा निकाल्ने छ।
उसले जबसम्म संसारमा खास इन्साफ ल्याउने छैन तबसम्म उ कमजोर
हुने छैन।
नत शिथिल नै हुने छ।
अनि टाढा देशमा बस्ने मानिसहरूले उनमाथि विश्वास राख्नेछन्।
२.
यशैया ४९:१-६
टाढामा रहेका मेरा मानिसहरू!
मेरा कुरा ध्यान दिएर सुन्।
पृथ्वीमा बाँचिरहेका सम्पूर्ण मानिसहरू ध्यान दिएर सुन्।
परमप्रभुले उहाँको सेवा गर्न मलाई आह्वान गर्नुभयो।
म जन्मनु भन्दा अघि नै परमप्रभुले मेरो नाउँ काढनु भयो जब म
आमाको गर्भमा नै थिएँ।
परमप्रभुले मलाई उहाँका निम्ति बोल्न प्रयोग गर्नुहुन्छ।
उहाँ मलाई धारिलो तरवार जस्तै प्रयोग गर्नुहुन्छ, तर उहाँले मलाई रक्षा पनि गर्नुहुन्छ।
उहाँले मलाई आफ्नो हत्केलामा लुकाउनु हुन्छ।
परमप्रभुले मलाई तिखो काँड झैं उपयोग गर्नुहुन्छ, तर उहाँले मलाई काँडको ढोक्रोमा लुकाउनु हुन्छ।
परमप्रभुले मलाई
भन्नुभयो, “इस्राएल, तिमी मेरो दास हौ।
मैले मेरा सारा शक्तिहरू प्रयोग गरें तर वास्तवमा मैले केही
पनि पाइँन।
परमप्रभुले मलाई सम्मान गर्नुहुनेछ।
म परमेश्वरबाट आफ्नो बल पाउनेछु” परमप्रभुले मलाई भन्नुभयो।
“तिमी मेरो एक मुख्य
दास हौ।
इस्राएलका मानिसहरू कैदी छन्, तर तिनीहरूलाई मकहाँ फर्काई ल्याउनेछु।
याकूबका वंशहरू मकहाँ फर्की आउनेछन्।
तर, तिमीसँग अर्को काम छ यो त्यो
भन्दा पनि अझ मुख्य छ।
सारा जातिहरूका लागि म तिमीलाई ज्योति बनाउनेछु।
तिमी पृथ्वीमा भएका सारा मानिसहरूलाई बचाउने मेरो बाटो हुनेछौ।”
३.
यशैया ५०:४-११
परमप्रभु मेरो मालिक मलाई पढाउने ज्ञान दिनुहोस्।
यसकारण म यी दुखी मानिसहरूलाई अहिले पढाउँनेछु।
उनीहरूलाई मेरो बारीबाट केरा उखेल्न छाडी दिन्छु।
म बलियो हुनेछु।
उहाँले मलाई निर्दोष ठहराउनुहुन्छ।
यसैकारण कसैले पनि मलाई दोषी देखाउन सक्ने छैन्।
यसकारण कसैले पनि मलाई पापी भएको देखाउनु सक्तैन्।
तिमीहरूले आफ्नो हिसाबले आगो बाल्छौ र राँको सल्काउँछौ।
यसकारण आफ्ना तरिकाले नै बाँच्छौ।
तर, तिमीहरू दण्डित हुनेछौ।
तिमीहरू आफैले बालेका आगो र राँकोमा झरेर स्वयंम जल्ने छौ।
म त्यस्तो घट्ना घट्न दिनेछु।”
४.
यशैया ५२:१३-५३:४-१२
“हेर मेरो दासलाई।
उ एकदम सफल हुने छ।
उनी एकदम मुख्य हुनेछ।
राजाले उसलाई हेर्नेछन, छक्क पर्नेछन र मुखबाट एक शब्द पनि निस्कने छैन्।
ती मानिसहरूले मेरो दासको कथा सुनेनन्।
तिनीहरूले के भयो देखे।
तिनीहरूले त्यो कथा सुनेनन तर तिनीहरूले बुझे।”
हामीले घोषणा गरेका कुराहरू वास्तवमा कसले विश्वास गर्छ?
उ सुख्खा भूइँमा उम्रिरहेको एउटा जरा जस्तै थियो।
उसमा त्यस्तो खास गौरव थिएन।
उसमा विशेष कुरा देखिँदैन थियो।
ऊ पीडा नै पीडाले भरिएको मानिस थियो।
ऊ राम्रो प्रकारले निको हुनेछ भनेर जान्दथे।
मानिसहरूले उसलाई हेर्न दिएनन्।
उसले हाम्रा यातनाहरूको भारी उठायो अनि हामीले सोच्यौं उसलाई
परमेश्वरले दण्ड दिनुभयो।
उसलाई हाम्रो दोषकोलागि श्राप दिइयो।
हाम्रो ऋणको निम्ति उसलाई सजाय दिइयो।
हामी सबै आ-आफ्ना बाटो तिर लाग्यौ।
तर उसले कहिल्यै विरोध गरेन्।
मार्नलाई लगेको भेंडा जस्तै उसले केही पनि भनेन।
ऊ ऊन काट्दा पनि चुपचाप रहने भेंडाको पाठो जस्तो भयो।
अनि तिनीहरूले उसलाई निष्पक्ष प्रकारले न्याय गरेनन्।
कसैले पनि उसको परिवारको बारेमा केही भन्न सकेनन, किनभने बाँचिरहेका मानिसहरूका ठाउँबाट उसलाई लगेर गयो।
उसलाई दुष्ट मानिसहरूसँग गाडियो। उसले केही नराम्रो काम गरेन।
परमप्रभुले ऊ पीडित हुनै पर्छ भनेर निर्णय गर्नुभयो।
यसकारण दासले स्वयंलाई मर्नको लागि समर्पण गरे।
तर उसले लामो समय सम्म नयाँ जीवन बाँचे।
उसले आफ्ना मानिसहरूलाई देख्नेछन्।
उसले सिकेका कुराहरूबाट उ सन्तुष्ट हुनेछ।
उसले ती सबै चीजहरू बलिया मानिसहरूसँग बाँड्नेछ।
म उसैको लागि यो कुरा गरिरहेछु किनभने उसले मानिसहरूको लागि
आफ्नो जीवन अर्पण गर्यो अनि मर्यो। मानिसहरूले भने उ एक अपराधी थियो।
तर वास्तवमा के थियो भने उसले अन्य सबैका पापहरू स्वयंले बोक्यो।
अनि जोसँग पापहरू छन् ती मानिसहरूकै लागि बोल्यो।”
No comments:
Post a Comment