ख्रिष्मसको उपलक्ष्यमा, तपाईहरूलाई शुभकामना स्वरूप केही यस सम्बन्धी अत्यन्त महत्वपूर्ण प्रश्न र उत्तरहरूलाई लिएर आएको छु। आज हामी, 'कोरोनाको दुखमा कसरी ख्रिष्टमसको रमाहट गर्ने?' भन्ने । विषयलाई हेर्ने छौँ।
ख्रिष्टमस आउँदैछ। सबै संसार फेरी रमाउने कोशिष गरिरहेका छन्। तर संसारभर मानिसहरू कोरोनो चपेटामा छ। अझैसम्म पनि यसको त्रासले हाम्रो मन मष्तिष्क भरेको छ। कोरोनाले संसारलाई तहस नहस पार्यो। भर्खरै फेरी अर्को भेरिएन्ट, अमिक्रोन अफ्रिकाबाट फैलिरहेको छ। यस्तो बेलामा कसरी हामी उत्सवको कुरा गर्न सक्छौँ र?
हामी मध्ये धेरै जना यसबाट प्रभावित छौँ। कति जना मानिसहरूलाई चिन्छु जसले अफ्नो अमाबुबा गुमाउनुभएको छ। अरू कति जनाले श्रीमान वा श्रीमती गुमाएका छन्। यसले गर्दा बाकीँ परिवार पनि समस्यामा छन्। टुहुरो नानीहरूको सँख्या बढेको छन्। विधवाहरू बढेको छन्। गरिबी बढेका छन्। यस्तै यस्तै थुप्रै अरू खालका समस्याहरू धेरैले भोगिरहेका छन्।
परिवार मात्र नभएर मण्डलीहरू पनि दुखमा छन्। मण्डलीमा कति पाका अगुवाहरू, कोरोना लागेकै कारण प्रभुमा सुत्नुभएका छन्। यसले मण्डली परिवारमा दुख ल्याएको छ। मण्डली परिवारले बिसन्चो महशुस गरिरहेका छन्। हुन त उहाँहरूले अफ्नो विश्वासको दोड सिध्याउनुभएको छ। उहाँहरूले जिम्मेवारी पूरा गरेर अरू अगुवाहरूलाई सेवाको जिम्मा दिनुभएको छ। तरै पनि उहाँहरूको अनुपस्थिती मण्डलीहरूको लागी खल्लो भएको छ। नेपाली खिष्टियन जगतका ज्येष्ठ अगुवाहरू पाष्टर रोबर्ट कार्थक र शामुएल कार्थक ज्युको मृत्यु सबै नेपाली जगतका लागी दुखमय घटना थियो। हामी सबै त्यस शोक र दुखको घडीमा सहभागी भयो।
हुन त ख्रिष्टमसको विषयमा बोल्न लागेको बेलामा के दुखको कुरा गरेको भन्ने लाग्छ होला। तर हामीहरूको यो यथार्थतालाई राम्रो सँग नबुझेसम्म, हामीले साँचो रूपमा ख्रिष्टमस मनाउन सकिदैन जस्तो मलाई लाग्छ। किनभने घाउलाई ढाकछोप गरेर निको हुन्न, बरू यसलाई राम्रोसँग चेक जाँच गर्नु पर्दछ। यसरी यसको वास्तविकता थाहा पाएर मात्रै हामी अगाडी बढ्न सक्छौँ।
यसै कुरालाई बिचार गर्दै कोरोनाले ल्याएको अझै अर्को एउटा समस्यालाई हेर्न चाहन्छु। हामीले गुमाउनेहरू त गुमायोँ। तर बाच्नेहरू पनि एकदमै कठिनाइमा जिउनु परेको थियो। हामी सामाजिक प्राणीहरू जो एक अर्काबिना बाँच्न कठिन हुन्छ, हामीले कतिदिन एकलै बस्नुपर्यो। कतिदिन मानिसहरू भोकै बस्नु पर्यो त कति दिन मानिसहरू लामो पैदल यात्रा गर्नु परेको थियो। मैले त यसको बारेमा टेलिभिजन र इन्टरनेटको माध्यमबाट देखेँ।तर तपाइहरू त अफै पनि पैदल यात्रा गर्नुभएको हुन सक्छ। नानीहरूको पढाइ नै ठप्प पारिदियो। इन्टरनेटको सुविधा भएको ठाउँमा त जसो तसो पढाइलाई अगाडी बढाए तर अरू ठाउँका नानीहरूको त पढाइ सबै बन्द भयो। बेरोजगारी बढ्यो। खाना जुट्न गारो भयो।
यसरी दुइ तीन बर्ष लगातार कोरोनाको चपेटामा परेकाहरूले, कुन अधारमा ख्रिष्टमस मनाउने त? दुखी मनले कसरी खुशी मनाउने? आँशु बोकेर कसरी हाँस्ने? खाली खल्तीले कुन उपाहार किन्ने?
के तपाईहरू यस्तै सोच्दै हुनुहुन्छ? मैले पनि उसरी नै सोचिरहेको थिएँ। त्यसकारण, यस्तो समयमा हामी आफ्ना दुखहरूलाई कसरी बुझ्ने अनि कसरी ख्रिष्टमस मनाउने भन्ने विषयमा बाइबलमा आधारित केही बिचाहरूलाई यहाँहरूको माझ लिएर अएको हुँ।आउनुहोस हामी दुखको घडीमा सुखको सास फेर्दै ख्रिष्मस मनाउने प्रयास गर्नेछौँ।
No comments:
Post a Comment