ख्रिष्टमसको उपलक्ष्यमा, तपाईहरूलाई शुभकामना स्वरूप केही यस सम्बन्धी अत्यन्त महत्वपूर्ण प्रश्न र उत्तरहरूलाई लिएर आएको छु। आज हामी, 'दुखमा भएका मानिसहरूलाई नै परमेश्वरले उध्दारको दिन आउनुभयो?' भन्ने विषयलाई हेर्ने छौँ।
हामी अहिले जुन कोरोनाको दुखमा छौं, यो भन्दा पनि अझ दुखमा येशू जन्मिने बेलाका मानिसहरू थिए। उनीहरू राजनैतिक रूपमा, भौतिक रूपमा साथै आत्मिक रूपमा पनि ठूलो कष्टको बीचमा थिए। त्यही कष्टको बीचमा परमेश्वरले खुसीको खबर दिनुभएको थियो। यसैकारण उनीहरू उत्सव र खुसी मनाउन सकेका थिए।
येशूको जन्म इस्राएल भन्ने देशमा भएको थियो। त्यस समयमा त्यो देश राजनैतिक रूपमा रोम साम्राज्यको अधीनमा थियो। उनीहरू रोमी शासनभित्र भएकोले हरेक घटनाहरूमा उनीहरूले हस्तक्षेप गर्थ्यो। देशमा रोमी आर्मीहरूले अत्याचार गर्थे। देशका शासक चुन्ने काममा पनि उनीहरूको ठूलो हात हुन्थ्यो। हेरोद, पन्तियस पिलातस आदि शासकहरू रोमी प्रभावमा थिए। त्यसै कारण यहूदीहरू आफ्ना देश स्वतन्त्र भएको चाहन्थे। हुन त यस अघि पनि इस्राएल अरू देशहरूको अधीनमा थिए। यसरी इस्राएल लामो समय थिचोमिचोमा परेका थिए। कष्टमा परेका थिए। यहि कष्टको माझमा येशू खुसीको सन्देश लिएर अनि खुसीको सन्देश बनेर आउनुभयो।
त्यस समयमा धार्मिक रूपले पनि देश कष्टमा थियो। लामो समय उनीहरू कल्दीहरूको देशमा बन्दी बनाएर लगिएको थियो। त्यस क्रममा ती देशहरूले येरूशलेमको मन्दिर भत्काइदिए। मन्दिरका कति सामानहरू लगेर गए। पवित्र थोकहरूलाई अपवित्र तुल्याए। यसरी पहिल्यै पनि उनीहरू धार्मिक रूपमा कष्टमा थिए। त्यस पछि पनि, रोमी साम्राज्यको समयमा पनि त्यस्तै भयो। दोस्रो पटक बनेको मन्दिरमाथि फेरी आक्रमण भयो। अशुद्ध थोकहरू चढाए। पछि गएर त्यहाँका पूजाहारीहरू परमेश्वरको बोलावट भन्दा पनि रोमीहरूलाई रुझाएर मन्दिरको स्थान ओगट्न थाले। समाजमा साधारण मानिसहरूमा पनि धार्मिकता हराउँदै गए। धार्मिकताको खातिर लड्नेहरू पनि नक्कली धर्मीहरू भए। बचनलाई गलत तरिकाले बुझ्ने र बुझाउने गरे। त्यसरी त्यति खेरको धार्मिक अवस्था पनि कष्टकर र दुख:दायी थियो।
अरू सामाजिक अवस्थालाई हेर्ने हो भने ए पनि सबैतिर समस्या नै देख्छौं। गरिबीहरूमाथि थिचोमिचो थियो। यदि रोमीहरूसँग राम्रो सम्बन्ध भए, उनीहरू जुनसुकै काम पनि सजिलै गराउन सकिन्थ्यो। त्यसकारण, येशूले गरिबहरूको लागी असल खबर लिएर आउनुभयो। त्यस्तै शारीरिक रूपमा पनि कति मानिसहरू बिरामी थिए। ती बिरामीहरू कोही शरीरकै कारण त कोही दुष्ट आत्माका कारण बिरामी थिए। जब उनीहरूले येशूको बारेमा सुने, उनीहरू दौडेर येशू भएको ठाउँमा पुगेका घटनाहरूले हामीलाई यो जानकारी दिँदछ।री हामी अहिले जुअवस्थामा छौं, येशू जन्मिनु हुँदा पनि मानिसहरू त्यस्तै कष्टकर जीवन जिइरहेका थिए। अझ उनीहरूको संकष्टको जोखा बढी थियो। यस्तै कष्टमा परेका दुखी, गरिब, बिरामीहरूलाई असल खबर लिएर आउनुभयो। खुशीको खबर ल्याउनुभयो। परमेश्वरको राज्य प्रवेश गर्न बोलाउनुभयो। बिरामीहरूलाई चङ्गाई दिनुभयो। तर यी सबै त परमेश्वरको राज्यको चखाई मात्र थियो। यदि परमेश्वरमा साँचो रूपले विश्वास गर्ने हो भने, यी स्वादहरू सदाको लागी हाम्रो हुनेछ।
"शरीरको क्षणिक चङ्गाई, धनको क्षणिक विलासीता, र संसारका क्षणिक सुख हैन, तर यी सबै परमेश्वरले सदाको लागी दिनुहुन्छ। कोर्नाको बीचमा ख्रिष्टमस मनाउँदै गर्दा, दुखी इस्राएलमाथी परमेश्वरले दिनुभएको खुसीको खवरलाई बिचार गरौं जुन तपाई र मेरो लागी पनि हो।"
No comments:
Post a Comment