Thursday, December 23, 2021

विश्वास सिक्ने दिन - ख्रिष्टमस । Mangal Bahadur Tamang

 

ख्रिष्मसको उपलक्ष्यमा, तपाहरूला शुभकामना स्वरूप ख्रिष्टमस सम्बन्धी अत्यन्त 

महत्वपूर्ण प्रश्न र उत्तरहरूला लिएर एको छु। आज हामी, 'जकरियाको जीवनबाट 

अविश्वास हैन विश्वास गर्न सिकौँ' भन्ने विषयला हेर्ने छँ। 


Source: images.metmuseum.org


हामीहरू अफ्नो दुखला कतिपय अवस्थामा यति ठूलो देख् कि परमेश्वरले खुशीको कुरा सुनाउनु हुँदा खेरी पनि पत्याउन गारो लाग्छ। जकरियाला पनि त्यस्तै गारो भएको थियो। त्यसको फलस्वरूप यूहन्नाको जन्म नभए सम्म उनी गूँगो हुनु पर्यो।

खासमा कुरा के थियो त? जकरिया एक पुजाहारी थिए। उनको पत्नी एलिशिबा थिइन। दुबै जना परमेश्वरको अघि धर्मी ब्यक्तिहरू थिए। परमेश्वरको वचन पालन गर्ने र उहाँको भय मान्ने जिवन भएकोले परमेश्वरको अगाडी उनीहरू निर्दोष र असल जोडी थिए।

तर बुढाबुढी हुञ्जेलसम्म पनि  उनीहरूको कोख बाँझो थियो। सन्तानको लागी उनीहरूले निक्कै कोशिष गरे। उनीहरूले परमेश्वरसँग प्रार्थना गरे, उपवास बसे, र निरन्तर प्रभुसँग गुहार मागे। तर पनि परमेश्वरबाट उनीहरूले चाहे अनुसारको कुनै उत्तर पाएन। शायद उनीहरूको अब नानी हुने उमेर पनि ढल्किसक्यो। उनीहरू पनि अब त हामी सन्तान बिनै मर्नु पर्ने भयो। हाम्रो सन्तान र नाम हामीमा नै समाप्त हुने भो भन्ने सोचेर बसेको हुनुपर्दछ।


Source: allendalebaptist.org

यस्तैमा एकदिन मन्दिरमा गएर धुप बाल्ने पालो जकरियाको पर्यो। त्यस बेला अरू धेरै 

मानिसहरू मन्दिर वरिपरि प्रार्थना गर्न भेला भएका थिए। जब जकरिया धुप बालिरहेका 

थिए, साथैमा उनले परमेश्वरका एकजना दूतला देखे। त्यस दूत जकरियाको नजिकै 

उभिरहेका थिए। जब जकरियाले उनला देखे, जकरिया अत्तिए र डराए। किनकी 

जकरियाले यस अघि पनि मन्दिरमा काम गरेका थिए र जिन्दगी भर कुनै समयमा 

पनि स्वर्गदूतला देखेका थिएनन्। 

तर दूतले तिनलाई भने, “नडराऊ जकरिया, किनभने तिम्रो प्रार्थनाको सुनाइ भएको छ। 

अब तिम्री पत्‍नी एलीशिबाले तिम्रो निम्‍ति एउटा छोरो जन्‍माउनेछिन्‌, र तिमीले तिनको 

नाउँ यूहन्‍ना राख्‍नू। तिमीलाई रमाहट र आनन्‍द हुनेछर धेरै जना तिनको जन्‍ममा 

रमाउनेछन्‌। किनभने तिनी परमप्रभुको सामुन्‍ने महान्‌ हुनेछन्‌। तिनले दाखमध र अरू 

कुनै पनि मध कहिल्‍यै पिउनेछैनन्‌, र आफ्‍नी आमाको गर्भदेखि नै तिनी पवित्र आत्‍माले 

भरिपूर्ण हुनेछन्‌। तिनले इस्राएलका सन्‍तानहरूमा धेरैलाई तिनीहरूका परमप्रभु परमेश्‍वरतिर फर्काउनेछन्‌।बाबुहरूका मन छोरा  छोरीहरूतिर र अनाज्ञाकारीहरूलाई धर्मीहरूको बुद्धितिर फर्काउन र प्रभुको निम्‍ति योग्‍य तुल्‍याइएको एक जाति तयार पार्न उहाँको अगि तिनी एलियाको आत्‍मा र शक्तिमा जानेछन्‌।”

तब जकरियाले दूतलाई भने, “यो मैले कसरी जान्‍नेम बूढ़ो भएँ र मेरी पत्‍नीको उमेर 

पनि ढल्‍किसकेको छ।” स्‍वर्गदूतले तिनलाई भने, “म गब्रिएल हुँ, म परमेश्‍वरको सामुन्‍ने 

उभिरहन्‍छु। तिमीसँग  कुरा गर्न र यो खुशीको समाचार सुनाउन म पठाइएको हुँ। जुन 

दिनसम्‍म यी कुरा पूरा  हुँदैनन्‌, तबसम्‍म तिमी गूँगो हुनेछौ र बोल्‍न सक्‍नेछैनौ, किनभने 

तिमीले मेरा वचनमाथि विश्‍वास गरेनौ, जुन वचन आफ्‍नो समयमा पूरा हुनेछन्‌।” (लुका १:-२०)


विश्वास गर्ने कि अविश्वास? धेरै पटक हामी हाम्रो दुखमा यति डुबिपठाउँछँ र अगाडी नै 

निर्णय गरि पठाउँछँ कि अब केही हुनेवाला छैन। सबै खत्तम भयो भन्ने बिचार अउँछ। 

यस्तो बिचारले थिचेको मनले परमेश्वरबाट नै अउने खुशीको खबरला पत्याउन गारो 

पार्छ। अहिले हामी कोरोनाको चपेटामा परिरहँदा, यतिखेर हामीले कति पटक 

यसला यति ठूलो मानिरहेका हुन्छँ कि, मुक्तिदाताको जन्ममा अनन्द मनाउन समेत 

नसकिरहेका हुन्छो। तर जकरियाबाट हामीले यो सिकेका छँ कि हाम्रो समस्याला त्यत्ति 

ठूलो पनि नबनाउँ कि परमेश्वरबाट एको खुशीको खबरला नै हामी अविश्वास 

गर्नुपरोस।




No comments:

Post a Comment