ख्रिष्मसको उपलक्ष्यमा, तपाईहरूलाई शुभकामना स्वरूप केही ख्रिष्मस सम्बन्धी अत्यन्त महत्वपूर्ण प्रश्न र उत्तरहरूलाई लिएर आएको छु। आज हामी, 'ख्रिष्टमसमा सबैभन्दा अचम्मको उपाहार के हो?' भन्ने विषयलाई हेर्ने छौँ।
हामीले विभिन्न अवसरहरूमा विभिन्न उपाहारहरू पाएका हुन्छौँ। ती मध्ये तपाईको लागी बिर्सनै नसक्ने, अचम्मको उपाहार के हो? यस्तै अचम्मको उपाहार को विषयमा आज म बताउने छु। यो उपाहार हामी सबैको लागी हो। हिजो मैले एक जोडीको बारेमा कुरा गरें जो बुढाबुढी भइसकेका थिए तर पनि सन्तान थिएन। तर ई परमेश्वरले सन्तान दिने खबर दिनुभयो जुन जकरियाले पत्याउन सकेनन्। आज यसको ठिक उल्टो एक जवान युवतीको बारेमा हेर्नेछौँ। उनि पनि परमेश्वरको दृष्टिमा धर्मी स्त्री थिइन्। भर्खरै मात्र उनको मगनी योसेफसँग भएको थियो। सायद अब आफ्नो विवाहको लागी तयारी गर्दै थिए होलान्। विवाह पछाडी हुने परिवारको बारेमा सोचेर वा योजना बनाएर बसेका थिए होलान्।
यस्तैमा स्वर्गदूत देखा पर्दछ। स्वर्गदूतले तिनीकहाँ गएर भने, “हे कृपा-पात्र, तिमीलाई अभिवादन! परमप्रभु तिमीसँग हुनुहुन्छ।” तर
तिनी त्यस कुराले साह्रै विचलित भइन्, र यो कस्तो
किसिमको अभिवादन हो भनी मनमा सोच्न लागिन्। स्वर्गदूतले तिनलाई भने, “नडराऊ, मरियम, किनभने तिमीले परमेश्वरबाट
कृपा पाएकी छ्यौ। अब हेर, तिमीले गर्भधारण गर्नेछ्यौ, र एउटा छोरो जन्माउनेछ्यौ, र तिमीले उहाँको नाउँ येशू राख्नेछ्यौ। उहाँ महान् हुनुहुनेछ, र परमप्रधानका पुत्र कहलाइनुहुनेछ, र परमप्रभु परमेश्वरले उहाँलाई
उहाँका पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ। उहाँले याकूबको वंशमाथि
सदासर्वदै राज्य गर्नुहुनेछ, र उहाँको राज्यको अन्त्य हुनेछैन।”
मरियमले स्वर्गदूतलाई भनिन्, “यो कसरी हुन सक्छ, किनकि म एक कन्या हुँ।” स्वर्गदूतले तिनलाई जवाफ दिएर भने, “पवित्र आत्मा तिमीमा आउनुहुनेछ, र सर्वोच्चका शक्तिको छाया
तिमीमाथि पर्नेछ। यसैकारण जो जन्मनुहुनेछ, उहाँ पवित्र, अर्थात् परमेश्वरका पुत्र
कहलाइनुहुनेछ। हेर, तिम्री नातेदार एलीशिबाले पनि तिनको
वृद्धावस्थामा छोरो गर्भधारण गरेकी छिन्, र जो बाँझी कहलाइएकी थिइन्, तिनी अहिले छैटौँ महिनामा छिन्। किनकि परमेश्वरको निम्ति कुनै कुरा असम्भव छैन।”
अनि मरियमले भनिन्, “हेर्नुहोस्, म परमप्रभुकी दासी, मलाई तपाईंको वचनअनुसार होस्।”
तब स्वर्गदूत तिनीबाट बिदा भए।
कस्तो अचम्मको अभिवादन हो यो? एक कन्याको जीवनमा विवाहबिना समाजले स्विकार गर्न गारो अवस्था उसको जीवनमा हुनेछ। तर यो यस्तो अनोठो र अचम्मको उपाहार थियो कि उनी द्वारा जन्मिने बालक केवल उनकै लागी मात्र नभएर सबै संसारको लागी थियो। किनभने संसारले मुक्तिदाता पाउँदैछ। मुक्तिदाता यस संसालाई पापबाट मुक्तिदिन आउँदैहुनुहुन्छ। संसारले परमेश्वरको पाउको छुवाई पाउनेछ। अनि मानिसहरूले परमेश्वर हामीसँग हुनुको अर्थ के हो भनि बुझ्नेछ। मरियमको लागी यो एक अचम्मको उपाहार थियो। त्यसैगरी येशू ख्रिष्ट संसारको लागी अचम्मको उपाहार हो। मेरो लागी उहाँ अचम्मको उपाहार हो। तपाईको लागी पनि येशू ख्रिष्ट अचम्मको उपाहार हो।
No comments:
Post a Comment